SamwadKhabar logo

               

धर्मशास्त्र

अक्षय तृतीयाको धार्मिक एवं सांकृतिक महत्व

देवराज रिजाल

देवराज रिजाल

अक्षय तृतीयाको धार्मिक एवं सांकृतिक महत्व
२० बैशाख, काठमाडौँ वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । यस वर्ष २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेको छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस पर्वलाई अक्षय तृतीया भनेर भनिएको हो । तिथिहरूमध्येको उत्तम तिथिका रूपमा लिइने भएकाले पनि यो दिन अक्षय तृतीयाका नामले चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले कुनै पनि व्रत, उत्सव तथा पर्व मनाउँदा त्यसको ऐतिहासिक महìव तथा सन्दर्भलाई लिएर मनाउने गरेको देखिन्छ । कुनै पनि व्रत तथा उत्सवका लागि विशेष कालको निर्धारण धर्मशास्त्रीय नियम र विधानअनुसार गर्ने गरिन्छ । सामान्यतया कुनै पनि व्रत तथा उत्सवको प्रारम्भ तथा अन्त्य गर्दा विशेष काल तथा समयमा गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । वसन्त ऋतुको उत्तरार्धमा पर्ने यो पर्व महìवपूर्ण र ऐतिहासिक दृष्टिले पनि प्राचीन पर्व हो । हाम्रा धर्मशास्त्रीय ग्रन्थमा चैत र वैशाखलाई मधु र माधवको नामले जानिन्छ । मत्स्यपुराण (६५, १–७) र नारदीय पुराण (१।११२।१०) मा अक्षय तृतीयाका सम्बन्धमा विशेष वर्णन गरिएको छ । ती पुराणमा यो दिनमा गर्नुपर्ने कर्तव्यकर्मका सम्बन्धमा उल्लेख गरिएको छ । त्यहाँ भनिएको छ– यो दिन उपवास गर्नुपर्छ, भगवान् वासुदेवको पूजा गर्नुपर्छ । यसरी वासुदेवको पूजा गर्दा अक्षताले गर्नुपर्ने कुराको उल्लेख पनि त्यहाँ गरिएको छ । वैदिक सनातन धर्ममा कुनै पनि कर्तव्य कर्म गरिसकेपछि अग्निमा होमका साथ दान गर्नुपर्ने विधान छ । अक्षय तृतीयाका दिन उपवास, होम र दान गर्नाले सम्पूर्ण पापबाट मुक्त हुने कुराको उल्लेख पनि शास्त्रमा गरिएको पाइन्छ । यसरी अक्षय तृतीयाका दिन गरिएको व्रत, होम र दान अक्षय हुन्छ भन्ने धार्मिक विश्वास छ । अक्षय तृतीयाको दिन गङ्गा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भइने कुराको उल्लेख वैदिक सनातन धर्मावलम्बीको निबन्धग्रन्थ धर्मसिन्धुमा गरिएको छ । यस्तै यो दिन श्रीकृष्णलाई विशेष चन्दन चढाउने विधान पनि रहेको छ । यो दिन भगवान् श्रीकृष्णलाई चन्दन चढाएको अवस्थामा अझ फलदायी हुने कुराको उल्लेख पनि धर्मसिन्धुमा गरिएको छ । यही दिन यव (जौ)को सातु दान र यव (जौ)बाट विष्णुको पूजा गर्ने विधान पनि छ । जौको सातु र दक्षिणासहित जलको घडा दान गर्न सबैभन्दा उत्तम दिनका रूपमा पनि यो दिनलाई लिइएको छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीया विशेष दिन मानिन्छ । यो दिनमा अन्नदान गर्नाले अक्षयफल प्राप्त हुन्छ भन्ने धर्मशास्त्रीय विश्वास रहेको छ । यो दिन गाउँघरमा बाटोमा बसेर बटुवालाई जौको सातु, गुण, पानी बाँड्ने,वर्त बसी भगवानको भजन कृतन गर्ने प्राचीन परम्परा र मान्यता रहिआएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…