श्री जगतगुरू शंकराचार्यको २५२७ औं जन्म जयन्ती
२२ बैशाख काठमाडौँ ।
सिद्ध पुरुष महान हिन्दू दार्शनिक एवं आदि जगत गुरू शंकराचार्यको २५२७ औं जन्म जयन्ती प्रत्येक वर्ष बैशाख शुक्ल पञ्चमीका दिन मनाइन्छ ।
ईशापूर्व ७८८ मा भारत केरलाको कलाडीमा पिता शिव गुरू र माता विशिष्टा देवीको पुत्रका रूपमा शंकराचार्य जन्मिनु भएको थिए । शिव गुरू र माता विशिष्टाको विवाह भएको धेरै वर्ष भएता पनि कुनै सन्तान नभएपछि सन्तान प्राप्तिको इच्छा गर्दै उहाँहरूले श्रद्धापुर्वक भगवान शिवको तपस्यामा लीन हुनुभएको थिए । उहाँहरूको तपस्याका प्रभावले भोले शंकरले शिवगुरूलाई सपनामा दर्शन दिनुभएको थियो । साथै भगवान शंकरले वरदान माग्न भनेका बेला शिव गुरूले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान माग्नु भयो । तर भगवान शिवले सर्वज्ञ व्यक्ति दीर्घायु नहुने र दीर्घायु व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भन्नुभयो । शिवगुरूले सर्वत्र पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिदै उक्त पुत्रका रूपमा स्वयं आफ्नो जन्म हुने बताइदिनु भयो ।
त्यसैले धार्मिक मान्यता अनुसार शंकराचार्यलाई आदिदेव भगवान शिव शंकरका अवतार मानिन्छ । शंकराचार्य समान्य बालक हुनुहुन्थ्यो । उहाँले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गर्नुभएको थियो भने १२ वर्षमा सर्वशास्त्र पढ्नुभएको थियो । यसै कारण उहाँ आदि गुरू शंकराचार्यका नामबाट प्रसिद्ध हुनुभयो । वहाँले अद्धैत दर्शनको प्रचार गर्दै भारतीय उपमहादीप भरि यात्रा गर्नुभएको थियो । उहाँका अनुसार सवै कुरा परम व्रह्माको विस्तार थियो । जस्तै, निर्वाणशटकम्मा उहाँ भन्नुहुन्छ ,
“मनोबुद्धयाहमकार चित्तनिरहम् न च श्रोत्र जिह्वे न च घराना नेत्रे ”
भारत वर्षका आधुनिक धर्म संस्थापक शंकराचार्यबाट प्रतिपादित अद्दैत दर्शन, सुत्र र सिद्धान्तहरु अझै पनि धर्मशास्त्रहरुमा वचन बनेका छन् । भारत वर्षका ४ कुनामा ४ वटा मठहरु स्थापना गरेर सनातान धर्मको संस्थागत रक्षार्थ शंकराचार्यले गरेको संरचना अझै पनि कायम छ ।उहाँकै कारणले हिन्दु धर्मले फेरि आफनो वैभव प्राप्त गयो र शंकराचार्यको मार्गर्दन अनुरुप नै सनातन दर्शनमा बौद्ध दर्शनलाई पनि समावेश गर्दै एउटा समावेशी दर्शनको सुरुवात गर्नुभयो ।शंकराचार्यको नाममा २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू रहेका छन् । अरूभन्दा पनि शारीरिक भाष्य भने उहाँको सर्वाधिक महत्वपूर्ण कृतिको रूपमा मानिन्छ । भगवत् गीताको शंकर भाष्य त आज सम्मकै गीता ग्रन्थको व्याख्याकोलागि आधार मानिएको छ ।
शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दू धर्मका मूल तत्वको जानकरी दिँदै आधा एसिया भ्रमण गर्नुभएको उहाँ आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बद्रीनाथ धाममा भएको मानिन्छ । उनले मृत्यु अघि भ्रमण गरेको महत्वपूर्ण तीर्थ भने नेपालको पशुपति नाथ मन्दिर हो ।
धर्म रक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानिकरणका लागि शंकराचार्यको यूगान्तकारी देन छ ।