SamwadKhabar logo

               

मनोरञ्जन

‘मिस युनिभर्स नेपाल–२०२२’ आवेदन खुल्ला, समलैंगिक महिलालाई पनि मौका

देवराज रिजाल

देवराज रिजाल

‘मिस युनिभर्स नेपाल–२०२२’ आवेदन खुल्ला, समलैंगिक महिलालाई पनि मौका
२२ बैशाख काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२२’ को आवेदन खुल्ला भएको छ । सोही आवेदन दर्ता मे ५ देखि दुई महिनासम्म खुला हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेस्रो संस्करणको आयोजनाबारे जानकारी दिदै प्रतिस्पर्धीको मापदण्डलाई खुकुलो बनाउँदै नियम पनि सार्वजनिक गरिएको छ । साथै आगामी संस्करणमा उचाइ र तौलको मापदण्ड तोकिएको छैन । समलैंगिक महिलाले पनि भाग लिन पाउने भएका छन् भने आप्रवासीलाई पनि मौका दिइएको छ । प्रतियोगिताकी नेपाल निर्देशक नग्मा श्रेष्ठका अनुसार प्रतिस्पर्धालाई समावेशी बनाउन नियमहरुलाई खुकुलो बनाइएको हो । प्रतियोगितामा १८ देखि २८ वर्षसम्मका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । आयोजकका अनुसार सहभागीका लागि एप्लिकेसनमार्फत आवेदन दिन सकिन्छ । प्रेसमिटमा मिस युनिभर्स नेपालको एप पनि लञ्च गरिएको छ । एन्ड्रोइड र एप्पल स्टोरबाट प्रतियोगिताको एप डाउनलोड गरेर आवेदन दर्ता गर्न सकिने भएको छ । जुलाई ८ मा आवेदकमध्येबाट योग्य प्रतिस्पर्धी छनोट गरेर क्वार्टरफाइनलका प्रतिस्पर्धी घोषणा हुने छन् । अगस्ट २ मा सेमीफाइनलका प्रतिस्पर्धी तय हुनेछन् । अगस्ट ८ देखि बन्द सत्र सुरु हुनेछ । अगस्ट ११ मा अन्तिम प्रतिस्पर्धा हुने भएको छ । विजेताले उपाधिका साथमा १० लाख नगद प्राप्त गर्नेछन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …