SamwadKhabar logo

               

कला / साहित्य

बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको निधन

देवराज रिजाल

देवराज रिजाल

बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको निधन
१८ जेष्ठ, काठमाडौँ । बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनी ५३ वर्षका थिए । स्टेजमा केके का नामले परिचित उनी मंगलबार कोलकाताको एउटा कलेजको कार्यक्रममा प्रस्तुति दिने क्रममा नै बिरामी भएका थिए । मंगलबार राति कोलकाता अडिटोरियमको नजरुल मञ्चमा प्रस्तुति दिँदै केके, जुन प्रस्तुति उनको जीवनकै अन्तिम बन्न पुग्यो । भारतीय सञ्चारमाध्यमका अनुसार कन्सर्टलगत्तै उनी होटेल फर्किएका थिए । होटेलमा उनी ढलेको र लगत्तै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेको बीबीसी हिन्दीले जनाएको छ । अस्पताल पुगेका पश्चिम बंगाल सरकारका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकहरूले केकेको निधन हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । तमिल, तेलुगु, कन्नड, मराठी, बांग्ला र गुजराती चलचित्रमा थुप्रै गीत गाएका केके कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन आएका थिए । निधनभन्दा अगाडि उनको इन्स्टाग्राम पेजमा कोलकाता अडिटोरियममा आयोजित कन्सर्टका भिडियो र तस्बिर पोस्ट भएका छन् । सन् १९९६ बाट गायनमा करिअर सुरु गरेका उनको पहिलो एल्बम पल सन् १९९९ मा सार्वजनिक भएको थियो । चलचित्रमा भने सलमान खान, ऐश्वर्या राय र अजय देवगन अभिनित हम दिल दे चुके सनम बाट गायन यात्रा सुरु गरेका थिए । तडप तडप बाट आफूलाई अब्बल गायका रूपमा सावित गरेका केकेले त्यसपछि भने पछाडि फर्केर हेर्नु परेन । केकेको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, केकेको आकस्मिक निधनले दुखी छु । उनका गीतमा अलग(अलग भावना देखिन्थे। उनका गीतले हरेक उमेरका मानिसका मन छुन्थे । उनलाई उनकै गीतमार्फत सम्झिइनेछ । परिवार र प्रशंसकप्रति म समवेदना प्रकट गर्दछु । त्यस्तै बलिउडका अन्य कलाकारले समेत उनको निधनका दुस्ख व्यक्त गरेका छन् । केकेका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा नकुल र छोरी तमारा पनि सांगीतिक क्षेत्रमै सक्रिय छन् । केकेका चर्चित १० गीत १. तु जो मिला, बजरंगी भाइजान २.अजब सी, ओम शान्ति ओम ३.क्या मुझे प्यार है, वो लम्हे ४. हमको प्यार हुवा, रेडी ५.पल, पल एल्बम ६.दिल क्यों येह मेरा, काइट्स ७. लबों को, भूल भुलैया ८.बीते लम्हें, द ट्रेन ९.तडप तडप, हम दिल दे चुके सनम १०.दस बहाने, दस

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…