SamwadKhabar logo

               

शिक्षा

कृषि विश्वविद्यालयका एकसय विद्यार्थी इजरायल जाँदै

देवराज रिजाल

देवराज रिजाल

कृषि विश्वविद्यालयका एकसय विद्यार्थी इजरायल जाँदै
२३ जेष्ठ, काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो । विश्वविद्यालयले छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट गरेको हो । विश्वविद्यालयका योजना निर्देशक एवं छनोट समितिका सदस्य सचिव डा.शिवचन्द्र ढकालका अनुसार एग्रिकल्चर वर्क–स्टडी कार्यक्रमअन्तर्गत इजरायल जानका लागि विद्यार्थी छनोट भएका हुन् । विद्यार्थीलाई इजरायल पठाउन विश्वविद्यालयका सङ्काय तथा आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट आवेदन माग गरिएको थियो । ढकालका अनुसार कार्यक्रममा सहभागी हुन २७३ जना विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये १६८ जना विद्यार्थी गोला प्रथाको माध्यमबाट अन्तर्वार्ताका लागि छनोट भएका थिए । तीमध्ये अन्तवार्तामा सहभागी १२५ जनाबाट एक सय छनोट गरी २५ जनालाई वैकल्पिकमा राखिएको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडर र इजरायलका लागि नेपालका राजदूत डा।कान्ता रिजालको उपस्थितिमा विद्यार्थीको अन्तर्वार्ता लिइएको थियो । ती विद्यार्थी ११ महिना इजरायल बस्ने छन् । त्यहाँ रहँदा पाँच दिन काम, एक दिन अध्ययन र एक दिन बिदा पाउने गरी सम्झौता भएको छ । काम गरेबापत एक जना विद्यार्थीले रु १२ लाख हाराहारी रकमसँगै प्रविधि र सिप लिएर आउने विश्वविद्यालयको अपेक्षा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्रा।डा पुण्यप्रसाद रेग्मीका अनुसार त्यहाँ सिकेको सीप र रकम लिएर फर्कने विद्यार्थी यहाँ आएपछि एकल र समूहगत रुपमा काम गर्न सक्नेछन् । स्नातक अन्तिम वर्षको परीक्षा दिएर जाने ती विद्यार्थीले फर्किएपछि मात्र विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र पाउने छन् । विद्यार्थी त्यहाँ नबसुन् भन्नका लागि शैक्षिक प्रमाणपत्र विश्वविद्यालयले रोकेर राख्न लागेको हो । कृषि शिक्षातर्फ आकर्षण घट्न नपाओस् भन्नका लागि यो कार्यक्रम अघि बढाइएको उनी बताउँछन् । पहिलोपटक विश्वविद्यालयले यो कार्यक्रम गर्न लागेको हो । साउनको अन्तिम सातासम्ममा विद्यार्थी जाने गरि तयारी गरिएको छ । रासस

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

१६ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यम…

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्द…

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका प…