SamwadKhabar logo

               

मनोरञ्जन

आयोजकबाटै यौन दुर्व्यवहार चलचित्र पत्रकारले गरिन् पुरस्कार नलिने घोषणा

संवाद खबर

संवाद खबर

आयोजकबाटै यौन दुर्व्यवहार  चलचित्र पत्रकारले गरिन् पुरस्कार नलिने घोषणा
जेठ २६, काठमाडौं । चलचित्र पत्रकार रिना मोक्तानले आफूलाई चलचित्र पत्रकार संघले दिने भनेको पुरस्कार बहिष्कार गर्ने घोषणा गरेकी छन् । उक्त पुरस्कारको आयोजक कमिटीका एक पदाधिकारीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले पुरस्कार नलिने बताएकी हुन् । सामाजिक सञ्जालमा रिनाले लेखेअनुसार उनीमाथि पाँच वर्षअघि यौन दुव्यवहार भएको थियो । उनलाई दुर्व्यवहार गर्ने व्यक्ति अहिले घोषित ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ को आयोजक र निर्णायकमण्डल सदस्यसमेत रहेको उनको भनाइ छ । तर आफूमाथी दूरव्यवहार गर्ने व्यक्तिको भने नाम उल्लेख गरेकी छैन् । ‘मेरो कामको मूल्यांकन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने दुविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु,’ रिनाले लेखेकी छन् । उक्त संस्थाका अन्य पदाधिकारीको साथ(सहयोग पहिलो पनि रहेको र अब पनि सहकार्य हुने उनको भनाइ छ । उनी थप्छिन्, ‘महिलालाई आफू यौन हिंसापीडित हो भनेर परिचय दिन पक्कै सहज छैन । तर, आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्टाटस लेखेको हुँ ।’ चलचित्र पत्रकार संघले तीन वर्षदेखि थाती रहेको पुरस्कार तथा सम्मानबारे गत वैशाखमा निर्णय गरेको थियो । कान्तिपुर दैनिकमा आबद्ध रिनालाई २०७७ सालका लागि चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार दिने निर्णय त्यसबेला नै भएको हो । उक्त पुरस्कार गत ७ जेठमा नै वितरण गर्ने कार्यक्रम थियो । तर, चुनावका कारण कार्यक्रम स्थगित भएको छ । पुरस्कार अब कहिले वितरण हुन्छ भन्ने टुंगो नलागिसकेको अवस्थामा रिनाले बहिष्कार घोषणा गरेकी हुन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …