SamwadKhabar logo

               

विश्व

ताइवानः टापुलाई लिएर अमेरिका र चीन युद्धतर्फ लम्किँदै छन् ?

देवराज रिजाल

देवराज रिजाल

ताइवानः टापुलाई लिएर अमेरिका र चीन युद्धतर्फ लम्किँदै छन् ?
३१ जेष्ठ काठमाडौँ । आइतवार चिनियाँ रक्षामन्त्री जेनरल वे फङ्खले ताइवानको स्वतन्त्रताका लागि अमेरिकाले आधारभूत रूपमा सघाइरहेको आरोप लगाउँदै ताइवानबारे अमेरिकाले आफ्नो वाचा तोडिरहेको र चिनियाँ मामिलामा हस्तक्षेप गरिरहेको बताए। मलाई प्रष्ट पार्न दिनुहोस्, यदि कसैले ताइवानलाई चीनबाट अलग पार्ने दुस्साहस गर्छ भने हामी लडाइँ गर्न हिचकिचाउने छैनौँ। हामी हरेक मूल्यमा र अन्त्यसम्म लड्नेछौँ। चीनका लागि यो मात्र रोजाइ हो, सिङ्गापुरमा आयोजित साङ्ग्रिला डाइलग नामक एशियाली सुरक्षा बैठकमा उनले भने। अमेरिकी राष्ट्रपति जो बाइडनले लडाकु विमानहरू ताइवाननजिक उडाएर चीनले खतरासँग खेलिरहेको भनी टिप्पणी गरेपछि चिनियाँ रक्षामन्त्रीको पछिल्लो भनाइ आएको हो। ताइवानमाथि आक्रमण गरिए सैनिक ढङ्गले प्रतिरक्षा गर्ने पनि बाइडनले प्रतिबद्धता जनाएका थिए। ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्र मान्ने गरे पनि लामो समयदेखि चीनले त्यसलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। तर ताइवानले पनि अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो साझेदार ठान्छ।चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा लडाकु विमानहरू उडाउने क्रम बढाइरहँदा र ताइवानी जल क्षेत्रमा अमेरिकाले युद्धपोत जहाज पठाएको पृष्ठभूमिमा पछिल्लो तनाव चुलिएको हो। उसो भए के अमेरिका र चीन सैनिक द्वन्द्वतर्फ लम्किरहेका छन् त ? एउटा प्रमुख डर भनेको चीनले ताइवानमाथि अतिक्रमण गरेको खण्डमा युद्ध निम्तिन सक्छ। बेइजिङले आवश्यक परे बल प्रयोग गरेर भए पनि उक्त टापुमाथि पुनः दाबी गर्न सक्ने विगतमा भनिसकेको छ। तर अधिकांश विश्लेषकहरू भन्छन्, तत्कालका लागि त्यसो हुने सम्भावना देखिन्न। तर धेरैजना केमा सहमत छन् भने यस्तो कदम चीनका लागि मात्रै नभई विश्वकै लागि निकै महँगो र ध्वंसात्मक हुन सक्ने बेडजिङले पनि ठान्छ। ताइवानसँगूशान्तिपूर्ण पुनःएकीकरण चाहेको कुरामा चीनको निरन्तरको अडान रहिआएको छ। यो कुरामा जेनरल वेले पनि आइतावर जोड दिए। साथै उक्साहटपूर्ण काम भए मात्र चीनले जबाफ दिने उनले बताए। ताइवानले औपचारिक रूपमा स्वतन्त्र भएको घोषणा गरे द्वन्द्व निम्त्याउने अर्को कदम हुनेछ।तर यो कुरालाई ताइवानकी राष्ट्रपतिले पनि निरन्तर पन्छाउँदै आएकी छन् जबकि उनले आफूहरू स्वतन्त्र देश भएको बताउने गरेकी छन्। बीबीसी

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…