SamwadKhabar logo

               

मनोरञ्जन

बौद्ध धर्मको मानमर्दन गरेको भन्दै ‘कबड्डी–४’ विरुद्ध उजुरी

संवाद खबर

संवाद खबर

बौद्ध धर्मको मानमर्दन गरेको भन्दै ‘कबड्डी–४’ विरुद्ध उजुरी
जेठ ३१, काठमाडौं । प्रदर्शनरत चलचित्र ‘कबड्डी–४’ विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै चलचित्रविरुद्ध रोवीनकुमार लामाले उजुरी दिएका हुन् । “गतसाता नै उजुरी परेको हो । हामीले यसबारे मिलापत्रका लागि आग्रह गर्दै उजुरी प्रहरीमा पठाएका छौं,” काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपक पौडेलले भने । उजुरीमा लामाले चलचित्रको कथाले बौद्ध धर्म तथा लामा भिक्षु वर्गको मानमर्दन गरेकाले चलचित्रको दृश्य काँटछाँट तथा सम्पादन गर्न माग गरेका छन् । उनले चलचित्रको प्रदर्शन रोक्नसमेत उजुरीमा आग्रह गरेका छन् । यता, काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले प्रहरीलाई उक्त उजुरी प्राप्त भइनसकेको बताएका छन् । उनले उजुरी प्राप्त भएपछि अध्ययन गरेर अगाडि बढ्ने बताए । चलचित्रमा दयाहाङ राई केही समय बौद्ध भिक्षुका रूपमा देखिन्छन् । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र अहिले देशभर प्रदर्शन भइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …