SamwadKhabar logo

               

विश्व

आर्थिक मुद्दामा सोनिया र राहुलमाथि छानबिन

देवराज रिजाल

देवराज रिजाल

आर्थिक मुद्दामा सोनिया र राहुलमाथि छानबिन
जेष्ठ, २ काठमाडौँ । आर्थिक अपचलनका विषयमा छानबिन गर्ने निकाय ईडीले सोनिया र राहुल दुवै जनालाई बयानका लागि आफ्नो कार्यालयमा बोलाएको भए पनि सोमबार राहुल मात्र वयानका लागि उपस्थिति भए । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका कारण सोनिया अनुपस्थित भएकी हुन् । उनीसँग जुन २३ मा बयान लिइने जनाइएको छ । ईडीले गान्धीद्वयमाथि नेशनल हेराल्ड मुद्दामा जाँच गरिरहेको छ । त्यसै सिलसिलामा दुवै नेतालाई बयानका लागि बोलाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले ईडीका अधिकारीसमक्ष उपस्थित भएर सोधिएका सबै प्रश्नको जवाफ दिएका थिए । राहुलाई करिब ५० वटा प्रश्न सोधिएको जनाइएको छ । राहुलले तीन घण्टा लगाएर ती प्रश्नको जवाफ दिएका हुन् । भाजपा नेता सुब्रमण्यम स्वामीले दस वर्ष अगाडि सोनिया र राहुलविरुद्ध मुद्दा दायर गरेका थिए । जसमा गान्धी परिवारमाथि ५५ करोडको अनियमितता गरेको आरोप लगाइएको छ । सन् २०१० मा नेसनल हेराल्ड पत्रिका प्रकाशन गर्ने कंग्रेस पार्टीअन्तर्गतको एसोसिएट जर्नल्स लिमिटेड (एजीएल) को ऋण ९० करोडभन्दा बढी पुगेपछि व्यवस्थापनका लागि अर्को कम्पनी योङ इन्डिया लिमिटेड गठन गरिएको थियो । त्यसमा सोनिया र राहुलको ३८ र ३८ प्रतिशत साझेदारी देखाइएको थियो । पुरानो कम्पनी एसोसिएट जर्नल्स लिमिटेडलाई ९ करोड सेयर दिइएको थियो । कांग्रेस सरकारमा रहेका बेला त्यही नयाँ कम्पनीमार्फत एजीएलमाथिको ९० करोडको ऋण मिनाहा गरिएको थियो । सन् २०१२ मा भाजपा नेता सुब्रमण्यमले सोनिया र राहुलविरुद्ध ५५ करोड अनियमितताको आरोप लगाएका थिए । नयाँ कम्पनीमार्फत गान्धी परिवारले नेसनल हेराल्डको २ हजार करोडको सम्पत्ति हडपेको आरोप छ । सन् १९३८ मा पण्डित जवाहरलाल नेहरूले ५ हजार स्वतन्त्रता सेनानीसँग मिलेर नेसनल हेराल्ड पत्रिकाको प्रकाशन सुरु गरेका थिए । स्वतन्त्रतापछि उक्त पत्रिका कांग्रेसको मुखपत्र बनेको थियो । पत्रिका भने सन् २००८ मा बन्द भएको थियो । नरेन्द्र मोदी नेतृत्वमा भाजपा सरकार गठनपछि बल्ल उक्त मुद्दाको ईडीमा दर्ता गराइएको हो । दिल्लीको पटियाला अदालतले यस मुद्दामा सन् २०१५ मा सोनिया र राहुलसहित सबै आरोपीलाई जमानत दिएको थियो । सोनिया र राहुलले आयकरको जाँच खारेजीका लागि गरेको अपिल भने सन् २०१८ मा अदालतले खारेज गरेको थियो । कंग्रेसले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई तानाशाहको संज्ञा दिँदै सरकारले बदलाको भावनामा कारबाही अघि बढाएको आरोप लगाएको छ । उक्त मुद्दामा कंग्रेसका दुई जना नेता पवन वंशल र अल्लिकार्जुन खड्गेसँग निर्देशनालयले केही दिनअघि सोधपुछ गरेको थियो । अर्को एक मुद्दामा प्रवर्तन निर्देशनालयले केही साताअघि दिल्ली सरकारका मन्त्री सत्येन्द्र जैनलाई पक्राउ गरेको थियो । अदालतको आदेशमा हाल उनी ईडीको हिरासतमा छन् । यसैबीच, राहुल र सोनिया गान्धीलाई बयानका लागि बोलाइएको विरोधमा प्रदर्शन उत्रिएका कंग्रेसका नेता र कार्यकर्ता ईडी कार्यालयतर्फ जान थालेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, छत्तीसगढका मुख्यमन्त्री हरीश रावत, कांग्रेस सांसद रणदीप सुरजवेला, मध्यप्रदेशका पूर्वमुख्यमन्त्री दिग्विजय सिंहलगायत २ सय ५० भन्दा बढी नेता तथा कार्यकर्ता छन् ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…