SamwadKhabar logo

               

मनोरञ्जन

लोक संस्कृति बिगार्ने गीत ननिकाल्न प्रतिष्ठानको आग्रह

संवाद खबर

संवाद खबर

लोक संस्कृति बिगार्ने गीत ननिकाल्न प्रतिष्ठानको आग्रह
असार १४, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीज गीत निकाल्दा कलाकारहरूलाई शब्द चयनमा ध्यान दिन आग्रह गरेको छ। तीज गीतको नाममा वर्षेनी विकृति विसङ्गति र अभद्र श्रव्यदृश्यहरुप्रति श्रोताहरूको गुनासो आउने गरेकोले तीजको मौलिकता र संस्कृतिलाई विचार गर्न आग्रह गरेको छ। प्रतिष्ठानले विज्ञप्ति निकाल्दै भनेको छ, ‘नेपाली मौलिक लोकगीत सङ्गीत अन्तर्गत पर्व गीत विशेष तीज गीतलाई हाम्रो संस्कृतिको अर्को महत्त्वपूर्ण गीतको रूपमा लिइन्छ । हरेक वर्ष उल्लेखनीय मात्रामा तीज गीत कुनै न कुनै माध्यमबाट व्यावसायिक रूपमा हेर्न पाइन्छ । यो सुखद पक्ष पनि हो ।’ हरेक वर्ष तीजको अवसर पारेर करोडौँको लगानीमा तीज गीत बजारमा आउँछन् । संस्कृतिका नाममा भएको यति ठुलो खर्चले आफ्नो देशको मौलिकता तथा सांस्कृतिक महत्त्व जोगाउन सक्नु पर्ने प्रतिष्ठानले जनाएको छ । ‘कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसङ्गति, अभद्र श्रव्य दृश्यहरूप्रति समस्त दर्शक श्रोताहरूको गुनासो बर्सेनि आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विशेष ध्यान आकर्षण भएको छ । तसर्थ, सम्पूर्ण स्रष्टा, सर्जक, गायक–गायिकाले, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्य दृश्य निर्माणकर्ता एवम् वितरकहरूमा सामाजिक सद्भावमा खलल पुर्‍याउने एवम् अभद्र र नियतवश दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत–सङ्गीत प्रस्तुत नगरिदिनु हुन अनुरोध गर्दछौँ’ प्रतिष्ठानले भनेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …