SamwadKhabar logo

               

मनोरञ्जन

विश्व कीर्तिमान रचेर फर्केका राजु लामा सम्मानित

संवाद खबर

संवाद खबर

विश्व कीर्तिमान रचेर फर्केका राजु लामा सम्मानित
असार २७, क्यालिफोर्निया । विश्वकै अग्लो ठाँउमा कन्सर्ट गरि विश्व कीर्तिमान राखेर फर्केका गायक राजु लामालाई सम्मान गरिएको छ । आईतवार क्यालिफोर्नियाको रिचमण्डमा तामाङ कोअपरेसन सोसाईटी अफ क्यालिफोर्नियाले एक कार्यक्रम आयोजना गर्दै लामालाई सम्मान गरेका हुन् । उनले हालसालै विश्वकै अग्लो ठाँउमा कन्सर्ट गरि विश्व कीर्तिमान राखेर फर्केका थिए । विश्वव्यापी रुपमा जलवायु परिवर्तनको कारणले परेको असर बारे विश्व समुदायको ध्यान जाओस् भन्ने उदेश्यले गत जेठ २ गते सोमवार उनको समुहले सगरमाथा आरोहण गरेका थिए भने सोहि क्रममा क्याम्प ३ भन्दा माथि ७९०० मिटर उचाईमा २० मिनेट सम्म एकल सांगितिक प्रस्तुति (गीत गाएर) दिएर विश्वको ध्यान तानेका थिए । कार्यक्रममा बोल्दै उनले भने, “जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको थियौं हामी सफल पनि भयौ । अब प्रकृतिक संरक्षणको लागि निरन्तर खटिरहने छु । हामी चाडैं हरियाली काठमाण्डौ बनाउने योजना ल्याउदै छौं त्यसको लागि मेरो व्यत्तिगत रुपमा २ हजार बिरुवा रोपिनेछ भने तपाईहरु पनि यो अभियानमा सामेल हुन सक्नुहुनेछ ।” उनको आगमी उक्त कार्यक्रमको लागि तामाङ कोअपरेसन सोसाईटी अफ क्यालिफोर्नियाले आर्थिक रुपमा व्यक्तिगत र सस्थागत सहयोग गर्ने जानकारी सस्थाको अध्यक्ष शेर तामाङले बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …