SamwadKhabar logo

               

कला / साहित्य

आदिकवि भानुभक्त आचार्य जन्मजयन्ती

देवराज रिजाल

देवराज रिजाल

आदिकवि भानुभक्त आचार्य जन्मजयन्ती
२९ असार, काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्म पिता धनञ्जय आचार्य र माता धर्मावती देवीको सन्तानको रूपमा विक्रम सम्वत् १८७१ असार २९ गतेका दिन तनहुँ जिल्लाको रम्घामा भएको थियो । त्यसैले हरेक वर्षको असार २९ गते उनको सम्झनामा विभिन्न साहित्यिक कार्यक्रमहरू संचालन गरी भानु जयन्ती मनाइन्छ । उनका पिता धनञ्जय आचार्य नेपालको पश्चिमी भागको पाल्पामा गभर्नरको रूपमा जनरल अमरसिंह थापको लागि कार्यरत थिए । त्यसैले उनका पिता जागिरे हुँदा उनको हेरचाह उनको बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए । भानुभक्तले आफ्नो प्रारम्भिक शिक्षा आफ्नो हजुरबुबा श्रीकृष्ण आचार्यबाट प्राप्त गरेका थिए । भानुभक्तको सात वर्षमा व्रतवन्ध भएको थियो । उनको आफ्नो बाजेले उनलाई गायत्री मन्त्र दिएका थिए । दश वर्षको उमेरमा भानुभक्तको विवाह चन्द्रकान्ता देवीसँग भयो । विवाह भएको केही महिनामा चन्द्रकान्ताको मृत्यु भयो । ११ वर्षको उमेरमा उनले दोस्रो विवाह तनहुँ जिल्लाको चन्द्रकला देवीसँग गरे । उनका रमनाथ , शिव शंखर र लक्ष्मी गरी दुई छोरा र एक छोरी थिए । वि.सं. १८८६ मा बाजेसँग भारतको काशीमा पाँच छ वर्ष रहँदा व्याकरण र साहित्यका साथै ज्योतिषीसमेत अध्ययन गरेका थिए । बाजेको अन्तिम घडीमा काशीमा देह त्याग गर्ने इच्छाले भानुभक्त बाजेसँग काशी गएका थिए । वि।सं। १८८९ तिर बाजेले देह त्याग गरेपछि भानुभक्त आफ्नो गाउँ फर्के । काशी वसाईको समयमा उनले त्यहाँ विद्वानहरूका संगतले गजबको कवित्व शक्ति जागृत भईसकेको थियो । उनी समय पाउना साथ प्रसंग अनुसार रमाइला फुटकर रचनाहरू लेख्ने गर्थे । वि।सं।१८९१ मालिङ गाउँमा ससुराली जाने सन्दर्भमा भुलुङ् बेशी बुल्दि खोलाको किनारमा विश्राम गर्दा एक घाँसीसँग भानुभक्तको भेट भएको थियो । त्यो समयमा उनी २० वर्षको युवक थिए । घाँसीले दिनभरि घाँस काटेर बेच्थ्यो । यसरी बेचेर आएको पैसा खर्च गरेर बाटोमा हिंड्ने मानिसलाई पानी पिउन सजिलो हुन्छ भनेर कुवा बनाउने योजना सुनाएको थियो । घाँसी गरिब भएर पनि उसको त्यो समाज सेवा सोच देखेर उनी प्रभावित भएका थिए । यसरी घाँसीले कुवा बनाउने इच्छाबाट भानुभक्तमा केही न केही नाम कमाउने प्रेरणा पाएका थिए । त्यही समयमा घाँसीको कार्यबाट प्रभावित भएर उनले एउटा कविता लेखेका थिए । त्यसैले उनीमा रचनामा लाग्ने प्रेरणा घाँसीबाट पाएको भनिन्छ । उनले घाँसीसँगको संवादपछि लेखेका कविता यस प्रकारको छ ः भर्जन्म घाँसतिर मन दिइ धन कमायो । नाम क्यै रहोस पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो । मो भानुभक्त धनि भैकन आज यस्तो ।। मेरा इनार न त सत्तल पाटि क्यै छन् । जे छन् र चीजहरू छन् घरभित्र नै छन् ।। तेस् घाँसीले कसरी आज दिएछ अर्ती । धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।। भानुभक्त सानैदेखि बौद्धिक चेतनाका धनी थिए । सबैभन्दा ठूलो कुरा उनी लेखेर थाक्दैनथे । उनले संस्कृतमा लेखिएको रामायणलाई नेपाली भाषामा रूपान्तरण गरे । जसले गर्दा नेपालीहरूले रामायण पढ्ने अवसर पाए । वि।सं। १८९८ मा रामायणको बालकाण्ड भाषनुवाद अभ्यासमा कलम चलाए । भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाएका थिए । तर उनका हाकिमले दुई वर्षमा नै जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । वि।सं। १९११ मा उनलाई कुमारीचोकको खोरमा थुनियो । तर त्यो पाँच महिना कैद उनका लागि वरदान बन्यो । उनले त्यहाँ अध्यात्म रामायणको अयोध्या, अरण्य, किष्किन्धा र सुन्दरकाण्डको पद्य अनुवाद गरे । भानुभक्तको पालामा किताब छाप्ने छापाखाना थिएन । त्यसैले त्यो समयमा उनले लेखेका रामायण छापिएन । पछि उनले नेपालीमा लेखिएका रामायण मानिसहरूले सुन्दै र भन्दै गर्न थाले । अनि मात्र नेपाली साहित्यका युवा कवि मोतीराम भट्टले रामायणको श्लोक सुन्न पुगे । मोतीराम भट्ट भानुभक्तको नेपाली रूपान्तरणिय रामायण श्लोक सुनेपछि प्रभावित भएर उनले भानुभक्तका पाण्डुलिपी, कृतिहरू संग्रह गरी पुस्तकका रूपमा प्रकाशित गरेका थिए । मोतीराम भट्टले वि।सं। १९४८ मा आदिकवि भानुभक्तको जीवन चरित्र पहिलो पटक प्रकाशित गरेर भानुभक्तलाई विभिन्न क्षेत्रमा चिनाएका थिए । उनले भानुभक्तलाई पहिलो पटक नेपाली भाषाको आदिकविको उपाधि पनि दिएका थिए । तर त्यो चलनचल्तीमा भने आएन । पछि वि।सं। १९९७ सालमा राणा प्रधानमन्त्री जुद्ध शमशेर ‘भानुभक्त आचार्यलाई आदिकवि भने पनि हुन्छ’ भनेपछि मात्र नेपालको इतिहासमा भानुभक्तलाई आदिकवि भनेर चिनिन थाले । भानुभक्तका सिर्जनालाई जनसमक्ष ल्याएर मोतीरामले नेपाली भाषालाई ठूलो गुण लगाएका छन् । भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कवि हुन् । भानुभक्त वाल्मिकी रामायण अनवादको रूपमा प्रख्यात हुन् । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरेका छन् । त्यसैले संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ । भानुभक्तको मृत्यु वि।सं। १९२५ साल असोज ६ गते आश्विन शुक्लपञ्चमीका दिन मस्र्याङ्दी नदीको किनारमा भएको थियो । उनले अन्तिम समयमा पनि कलम चलाउन छाडेनन् । सकीनसकी उनले आफ्नो हितैसी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तरकाण्डको ‘रामगीता’ को पनि नेपाली भाषमा भावानुवाद गरे । पहिला पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरे भने भानुभक्तले भने नेपाली भाषाका माध्यमबाट नेपालीलाई एकीकरण गरे । त्यसैले उनी नेपाली साहित्यका आिदकविका रूपमा परिचित भए । भानुभक्तले रामायणको बालकाण्ड समेत सात काण्ड, प्रश्नोत्तर लघुकाव्य, भक्तमाला वधुशिक्षा र रामगीता नामक कृतिहरू नेपाली भाषा साहियको मन्दिरमा चढाए । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पा¥यो । अनि त्यही रामायणले नेपाली भाषालाई समेत लोकप्रिय बनायो । भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । अध्यात्म रामायण अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भाषाको माध्यमबाट आम नेपालीलाई एक्तावद्ध गर्ने स्रष्टा हुन् भानुभक्त । उनी नेपाली भाषाको स्थापित गर्ने अर्थात नेपाली भाषाको आदिपत्य चित्रण गर्ने व्यक्ति हुन् । नेपाली भाषालाई साझा भाषा बनाउन गरेको योगदानको महत्व निकै उच्च छ । उनी मरेर गएपनि नेपाली साहित्यलाई अतुलनिय योगदान दिएर गएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…