SamwadKhabar logo

               

मनोरञ्जन

पानी नपर्दा गाँउका अगुवालाई बाँधेर पुजा गर्ने अनौठो चलन

देवराज रिजाल

देवराज रिजाल

पानी नपर्दा गाँउका अगुवालाई बाँधेर पुजा गर्ने अनौठो चलन
३ साउन, काठमाडौँ । साउनमा समेत पानी नपरेपछि किसानहरुले अनौँठो कार्य गरेका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्नको लागि मन्दिरमा पुर्‍याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन् । गाउँपालिका उपाध्यक्ष बासमती चमारका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँपालिका अध्यक्ष सुखडी प्रसाद चौधरी , पूर्व सांसद राम लखन हरिजन, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले सलजस्तो कपडाले बाँधेर मन्दिर पुर्‍याएका थिए । उनका अनुसार शिव खुसी पर्दा पानी पर्ने भन्दै स्थानीयले आग्रह गरेर हिजो जनप्रतिनिधिलाई लगेको र आज बिहान महिलाहरूले पूजा गरेको बताइन् । उनले भोलि पूजा सकिने बताइन् । पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगेर पूजा गर्ने चलन रहेछ । अहिले सोही परम्पराअनुसार गाउँका जनप्रतिनिधिहरुलाई स्थानीयहरू लगेका हुन्’, उनले बताइन् । परम्परा यस्तो रहेकाले स्थानीयले विश्वासका साथ यस्तो कार्य गरेकाले आफूहरुले पनि सम्मान गरेको उनको भनाइ छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …