SamwadKhabar logo

               

विश्व

एक्लै उडान भर्ने विश्वकै कान्छो पाइलट

देवराज रिजाल

देवराज रिजाल

एक्लै उडान भर्ने विश्वकै कान्छो पाइलट
भाद्र ९, काठमाडौँ । १७ वर्षीय बेलायती किशोर माक रुथरफोर्ड विश्वमै एक्लै उडान भर्ने पाइटलको नयाँ कीर्तिमान कायम गरेका छन् । हिजो उनले बुल्गेरियामा उडान भरेको विमान अवतरण गरेपछि उनी सानो हवाईजहाजमा एक्लै विश्व परिक्रमा गर्ने कान्छो पाइलट बनेका हुन् । पाँच महिनाअघि यात्रा शुरु गरेका म्याकले ५२ देशको परिक्रमा पूरा गरे । बेलायती आमाबुबाबाट जन्मेर बेल्जियममा हुर्केका रुथरफोर्डले हवाई यात्राका क्रममा सुडानमा बालुवाको आँधीबेहरी बेहोर्नुका साथै एक रात प्रशान्त महासागरस्थित मानवविहीन टापुमा रात समेत बिताएका थिए । यात्राको क्रममा रुथरफोर्डले युरोप, एशिया, अफ्रिका, र अमेरिका महादेश साथै दुईवटा महासागर पार गरे। यात्राको क्रममा उनले दुबईको प्रचण्ड गर्मी र भारतको आकस्मिक विमानस्थल बन्दको सामना गरे । उनले सीएनएनसँगको अन्तर्वार्तामा केन्याको राष्ट्रिय निकुञ्ज र न्यूयोर्कमाथि यात्रा गर्दा सुन्दर दृश्यहरू देखिएको बताए । सन् २०२० को सेप्टेम्बरमा उनले १५ वर्षको उमेरमा विमान चालक अनुमति पत्र प्राप्त गरेका थिए। उनका पिता साम व्यावसायिक पानीजहाज चालक हो भने आमा ब्रिटिश निजी विमानचालिका हुन् । यसअघि सबैभन्दा कम उमेरमा हवाईजहाजमा विश्व परिक्रमा गर्ने ब्रिटिश ट्राभिस लुड्लो थिए जो गत वर्ष यात्रा पूरा गर्दा १८ वर्षको थिए । उनको स्वागत र उपलब्धिमा खुसियाली मनाउन मानिसहरूको ठूलो भीड एयरपोर्टमा जम्मा भएको थियो। म्याकले आफ्नो उपलब्धिले युवाहरूलाई आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने आशा व्यक्त गरे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…