SamwadKhabar logo

               

विश्व

नेपाल र विश्व व्यवस्था विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

संवाद खबर

संवाद खबर

नेपाल र विश्व व्यवस्था विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
भदौ १४, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्बन्धः नेपाल र विश्व व्यवस्था विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उक्त गोष्ठीको औपचारिक उद्घाटन बालुवाटारको एलिस रिसेप्सनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । त्यस्तै दुईदिने बन्दसत्रको गोष्ठी भने नेपाल भारत मैत्री पशुपति धर्मशालामा सम्पन्न गरेको छ । समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र संघीय संसदका उपसभामुख पुष्पा भुसालको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाल–भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा निर्माण गरेर अघि बढे यो क्षेत्र र विश्वमै दूरगामी परिणामहरु आउने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमाथि अध्ययन र अनुसन्धान गर्ने संस्था नीति अनुसन्धान प्रतिष्ठान, नेपाल संस्थाद्ववारा आयोजित तीन दिने अन्तर्राष्ट्रिय गोष्ठीको समापनमा बधाई तथा शुभकामना दिन आएका दाहालले एक दशक अघि नै आफुले नेपाल– भारत – चीनबीच शान्ति, विकास र सहकार्यको त्रिपक्षीय अवधारणाका लागि प्रस्ताव राखेको औल्याए । उनले भने– ‘नेपाल, भारत र चीनबीच ‘बफर’ क्षेत्र नभई बरु दुई मुलुक बीचको ‘भाइब्रेन्ट ब्रिज’बन्न सक्छ ।’ यस्तै, उपसभामुख पुष्पा भुसालले नेपालले पञ्चशीलको आधारमा आफ्नो विदेश नीति सञ्चालन गरेको उल्लेख गर्दै नेपालीहरु शान्तिप्रिय रहेको बताइन् । उनले नेपालले विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघअन्तर्गत रहेर शान्ति स्थापना गरिरहेको पनि बताइन् । गोष्ठीमा अलग अलग १० वटा सत्रमा २६ जना सहभागी युवाहरूले खोज अध्ययन र अनुसन्धान गरेको अलग अलग १० वटा विषयहरूको बारेमा शोधपत्र प्रस्तुत गरेका थिए । गोष्ठीमा पर्यावरण , संस्कृति , विश्व राजनीति , आर्थिक विकास, प्रविधिको , नेपाल भारत युवा संवाद , अन्तर्राष्ट्रिय सम्बन्ध लगायत विषयहरूमा बृहत रूपमा अन्तरक्रिया र छलफल भएको गोष्ठीमा सिनासका डाइरेक्टर म्रिगेन्द्र कार्की, राजनीतिक विशेषज्ञ डा राम थपलिया , परराष्ट्र मामिलाका उप कार्यकारी निर्देशक राजेन्द्र पाण्डे, ऋषिहुड विश्वविद्यालयका मुख्य कार्यकारी निर्देशक शाहिल अग्रबाल, नेपाली काङ्ग्रेसका नेतृ डा.  आर्जु राणा देउवा , नीति अनुसन्धानका निर्देशक डा दीपककुमार अधिकारी लगायत व्यक्तिहरूले विषय विज्ञको रूपमा सत्रको अध्यक्षता गरेको कार्यक्रम सह संयोजक डा. अभिषेक श्रीवास्तवले बताएका थिए । भदौ १० देखि १२ सम्मा चलेको गोष्ठीमा नेपाल र भारतका २६ जनाले शोधपत्र प्रस्तुत गरेका थिए । काठमाडौंमा भएको तिलगंगामा संचालन भएको कार्यक्रममा नेपालबाट ११ र भारतबाट १५ जनाले नेपाल–भारत सम्बन्ध र अन्तर्राष्ट्रिय परिवेशलगायत विभिन्न ११ वटा महत्त्वपूर्ण विषयमा शोधपत्र प्रस्तुत गरेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…