SamwadKhabar logo

               

संघीय खबर

सम्पदा भ्रमणका लागि ‘होप अन हप अफ’ बस

संवाद खबर

संवाद खबर

सम्पदा भ्रमणका लागि ‘होप अन हप अफ’ बस
भदौ १४, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको भ्रमणलाई सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको तयारी थालेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले यस विषयमा मंगलबार सरोकारवालासँग छलफल गरेका छन् । मन्त्रालयमा भएको छलफलमा बस व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायतको उपस्थिति थियो । काठमाडौंका साँस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकलाई सम्पदा क्षेत्र अवलोकनमा सहज बनाउन ‘होप अन हप अफ’ बस संचालन गर्न लागिएको हो । पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ । ‘होप अन हप अफ’ बस संचालन भएपछि पर्यटकले केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । ‘होप अन हप अफ’ का लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका बस सञ्चालन गर्न सरोकारवालाको सुझाव छ । पहिलो चरणमा साझा यातायातका विजुली बसलाई ‘होप अन हप अफ’ का लागि प्रयोग गर्ने तयारी गरिएको छ । साझा यातायातका सदस्य भुषण तुलाधरले २ महिनाभित्र बस सञ्चालन गर्ने तयारी भइरहेको बताए । अपाङ्गता तथा जेष्ठ नागरिकमैत्री बसमा पर्यटक पथप्रदर्शक समेत हुनेछन् । २७ किलोमिटरको मुख्य सम्पदा यात्रा गर्न साढे २ घण्टा लाग्नेछ । ५ वटा बस ३०–३० मिनेटमा छुट्ने गरी तयारी गरिएको तुलाधरले बताए । मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्ययोजनामा यो योजनालाई प्राथमिकता दिएको बताए । सरकारले पर्यटन क्षेत्रको विकासका लागि साँस्कृतिक सम्पदा संरक्षण गर्दै अर्थतन्त्रमा टेवा पुग्ने गरी काम गरिरहेको मन्त्री श्रेष्ठले बताए । पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्ने योजना बनाइएको उनको भनाइ छ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…