SamwadKhabar logo

               

मनोरञ्जन

लोक तथा दोहोरी गायिका अमृता श्रीपालले मागिन् सुरक्षा

संवाद खबर

संवाद खबर

लोक तथा दोहोरी गायिका अमृता श्रीपालले मागिन् सुरक्षा

काठमाडौं । लोक तथा दोहोरी गायिका अमृता श्रीपाल आफूलाई धन थापाले यातना दिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखासँग सुरक्षाको माग गरेकी छन् ।

गायिका श्रीपालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखामा एक निवेदन लेख्दै आफूलाई थापाले यातना दिएको बताएकी हुन् । गत अगस्ट १३ मा जापानको ओसाका कोबे शहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका अमृता श्रीपालले उजुरी दिएकी हुन् ।

कार्यक्रमका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाउँने गरेको र आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने उनले बताएकी छन् । थापाले आफूलाई आउन जान यातायात खर्च समेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन् ।

उनले सो निवेदनमा आफूलाई उचित न्याय र सुरक्षाको प्रत्याभूति हुने वातावरण मिलाइदिन शाखालाई आग्रह गरेकी छन् । श्रीपालले आफुसगँ अझै २ महिनाको जापानको भिसा भएको र आफू कलाकार भएको हिसाबले अझै केही समय जापानमा बस्ने स्थिती सहज बनाइदिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखामा अपिल गरेकी छन् ।

उनको निवेदन यस्तो छ :

मिति:-१२ सेप्टेम्बर, २०२२

श्रीमान् सूर्य खड्का ज्यू,

अध्यक्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखा ।

विषय:- न्याय तथा सुरक्षा सम्बन्धमा

महोदय,

उपरोक्त सम्बन्धमा म लोक तथा दोहोरी गायिका अमृता श्रीपाल १३ अगस्त २०२२ मा नेपाल देखि जापानको ओसाका कोबे सहरमा रहेको धौलागिरि दोहोरी साँझमा साङ्गीतिक प्रस्तुति दिन धन थापा (बाग्लुङ) को स्पोन्सरमा जापान आएको जानकारीका लागि अनुरोध छ । यहाँ आए देखि नै थापाले विभिन्न किसिमका टर्चर दिने गरेका थिए ।

जापान प्रवेश पछि हरेक कार्यक्रममा जाँदा थापालाई उल्टो कमिसन दिनु पर्ने तर आउन जान यातायात लगायत केही व्यवस्था  नगर्ने जो सँग कार्यक्रममा गयो उसै सँग अनैतिक सम्बन्ध राखेको ट्याग लगाउँदै अति धेरै नै भौतिक यातना दिने गरेको जानकारी गराउँछु ।

मेरो अझै लगभग २ महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा थप केही समय जापानमा बस्ने र तय भएका साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सृजना गरिदिन हुन् प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु । निज थापाले मलाइ जापानमा र मेरो नेपाल (म्याग्दी) मा रहेको परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा मलाइ मानसिक पिडा, सामाजिक इज्जत, साङ्गीतिक करियरमा असर पर्न साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकी छु ।

उसको स्वार्थ पुरा नहुँदा हिजो ११ सेप्टेम्बरमा पनि भौतिक रूपमा थापाले ममाथि आक्रमण गरे पछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकामा एक घरमा शरण लिई लुकीछिपी बसिरहेकी छु । मलाइ मानसिक, भौतिक तथा शारीरिक रूपमा धेरै पिडा परेको जानकारी गराउँदै मलाइ उचित न्याय र सुरक्षाको प्रत्याभूति दिलाइदिन हुन् सविनय अनुरोध गर्दछु ।

अमृता श्रीपाल                         लोक तथा दोहोरी गायिका

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …