SamwadKhabar logo

               

संघीय खबर

नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा बैठक : चार वटै सुरक्षा अंगका प्रमुख मधेश प्रदेशमा

संवाद खबर

संवाद खबर

नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा बैठक : चार वटै सुरक्षा अंगका प्रमुख मधेश प्रदेशमा
कात्तिक १८, काठमाडौं। निर्वाचन आउन १६ दिन बाँकी हुँदा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा बैठकहरु शुरु भएका छन्। मधेश प्रदेश, प्रदेश– १, लुम्बिनी र सुदुरपश्चिमका सीमा क्षेत्रमा सुरक्षा बैठकहरु भैरहँदा बिहीबार चार वटै सुरक्षा अंगका प्रमुखहरुले मधेश प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। निर्वाचन आयोगले राजनीतिक दलहरुलाई चुनाव प्रचार प्रचार गर्न समय दिएपछि सुरक्षा अंगका प्रमुखहरु मधेश प्रदेशमा पुगेका हुन्। निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा अंगका प्रमुखहरुले संवेदनशील क्षेत्रहरु चयन गरेर निरीक्षण भ्रमण निस्केका छन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको नेतृत्वमा सुरक्षा अंगका चार जना प्रमुखले बिहीबार मधेश प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। उनीहरुले मधेश प्रदेशमा संभावित वस्तुस्थितिको बारेमा छलफल गरेको र त्यहाँको अवस्थालाई ध्यान दिएर सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएका छन्। ‘सुरक्षामा अवस्थामा आउनसक्ने चुनौती र त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्, आवश्यक निर्देशन पनि दिएका छन्’, मधेश प्रदेशका एक सुरक्षा अधिकारीले भने। त्यसक्रममा प्रधान सेनापति प्रभुराम शर्मासहितको टोलीले महोत्तरी जिल्ला, बर्दिबासस्थित श्री मध्य पूर्वी पृतना हेडक्वाटर तथा बारा जिल्ला, जितपुरस्थित श्री नं। २८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेको थियो। रक्षा सचिव किरणराज शर्मा, गृह सचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा भ्रमणदलमा सहभागी थिए। निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्मासहितको टोलीले महोत्तरी र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा उक्त जिल्लाहरुका सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया समेत गरेका थिए। निरीक्षण भ्रमणको दौरान उनीहरुले प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकीकृत सुरक्षा योजना तथा बाहिनी अड्डाको वस्तुस्थितिका बारेमा जानकारी लिएको थिए। प्रधान सेनापति शर्माले नेपाली सेनाद्वारा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन– २०७९ को सुरक्षार्थ सर्लाही जिल्लास्थित धनकौल ईलाकामा स्थापना गरेको कम्पनी अप्रेशनको निरीक्षण गर्नुको साथै उक्त ईलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिएका थिए। निर्वाचनको क्रममा मधेश प्रदेशमा हुनसक्ने झडप, सुरक्षा चुनौति, उम्मेदवारहरुको सुरक्षा तथा शान्ति सुरक्षामा आँच आउन नदिन सुरक्षा निकायलाई सचेत गराउँदै सुरक्षा निकायलाई सर्कतका अपनाउन निर्देशन दिइएको थियो। ‘दलहरुले आमसभा गर्ने, चुनाव प्रचार प्रसारमा प्रतिस्पर्धा हुने र त्यहाँ उम्मेदवाहरुलाई सुरक्षा थ्रेट पनि हुने भएकाले सुरक्षा निकायका प्रमुखहरु सुरक्षा अवस्था बुझन मधेश प्रदेश आएका हुन्’, एक सुरक्षा अधिकारीले भने।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…