SamwadKhabar logo

               

राजनीति

लोकतन्त्रलाई स्थायी बनाउन गठबन्धन : प्रधानमन्त्री देउवा

संवाद खबर

संवाद खबर

लोकतन्त्रलाई स्थायी बनाउन गठबन्धन : प्रधानमन्त्री देउवा
कात्तिक २५, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नं १० ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताए । प्रधानमन्त्रीले भने, ‘यो राष्ट्रले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । पद्धति पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । आदिवासी, जनजाति सबैलाई हक दिएको छ । यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ ।’ सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘हाम्रोमा स्थापित भएको समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाई राख्नुछ । नेपाली जनताले निर्वाचनमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन् । यो महत्वपूर्ण छ । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ ।’ प्रधानमन्त्री देउवाले जथाभावी तरिकाले ओली (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) ले दुई दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको दृष्टान्त पेश गरे । प्रधानमन्त्रीले भने, ‘दुई पटक संसद् भङ्ग गर्न थालेपछि हामीले प्रजातन्त्र बचाएका हौँ । लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाएका हौँ । यसलाई स्थायी बनाउन गठबन्धन बनेको छ ।’ गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु रहेको उल्लेख गर्दै उनले जनताले पाएको अधिकार कमजोर गर्न नसकोस् र हटाउन नसकोस् भनेर गठबन्धन बनेको बताए । उनले गठबन्धन आगामी १० देखि १५ वर्षसम्म जाने विश्वास व्यक्त गरे । स्थायी शान्ति र लोकतन्त्रको सम्वद्र्धनका लागि गठबन्धन अपिरहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ । उनले सडक विस्तारका क्रममा समस्यामा परेका स्थानीयबासीलाई मुआब्जा दिने विश्वास दिलाए । ‘कसैको पनि सम्पत्ति बिना मुआब्जा भत्काउन पाइँदैन । भत्काउन त पाइन्छ, तर मुआब्जा दिएपछि मात्रै’, प्रधानमन्त्रीले भने, ‘अब मुआब्जा दिलाउने काम उहाँ (सो क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन केसी) को हो ।’ कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै मुलुकको सर्वाङ्गीण विकासका लागि गठबन्धनको जीत जरुरी रहेको बताए । विकास र समृद्धिको गति अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रको विकासका लागि पनि आफूले ध्यान केन्द्रीत गरेको बताए । उनले व्यापार घाटा कम गर्दै बेरोजगारीको अन्त्य र परनिर्भरताको अन्त्य गर्न लगानीको विस्तार जरुरी रहेकामा जोड दिए । सो क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार केसीले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले कृषि पर्यटन र ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए । उनले आफू ठोस योजना र कार्यक्रमसहित जनताको बीचमा आएको बताए ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२३ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोला…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले गरे आफूलाई विजेता घोषणा

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले गरे आफूलाई विजेता घोषणा

२१ कार्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम …