SamwadKhabar logo

               

विश्व

इरानमा जारी प्रदर्शनका क्रममा २ सय जनाको मृत्यु

संवाद खबर

संवाद खबर

इरानमा जारी प्रदर्शनका क्रममा २ सय जनाको मृत्यु
मङ्सिर १८, काठमाडौं । इरानमा केही महिना यता भईरहेको प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको खुलासा भएको छ । इरानको एक सुरक्षा निकायले गत सेप्टेम्बर यता जारी प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको जनाएको हो । इस्लामिक रिभोलुसनरी गार्ड कोप्सका शीर्ष जनरल अमीर अली हाजिजादेहले देशमा जारी प्रदर्शनबाट उनीहरुको मृत्यु भएको भन्दै आगामी दिनमा थप हिंसा हुन सक्ने संकेत गरेका छन् । इरानको कारगारमा एक महिलाको मृत्यु भएपछि चर्केको आन्दोलनका कारण इरान अशान्त भएको उनको भनाइ छ । गत सेप्टेम्बरमा ड्रेसकोड पालना नगरेको आरोपमा पक्राउ परेकी २२ वर्षीया युवती महसा अमिनीको कारागारमा मृत्यु भएपछि त्यहाँ हिंसात्मक प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीहरुले दिवंगत इरानी नेता आयोतोला खोमेनीको घरमा समेत आगजनी गरेका छन् । राजधानी तेहरान लगायत अन्य शहर केन्द्रित प्रदर्शनका क्रममा सुरक्षाकर्मीले दमन गरेको भन्दै प्रदर्शनकारीहरु झन आक्रोशित बनेका छन् । उनीहरुले पछिल्लो समय सरकारी र निजी सम्पत्ति समेत तोडफोड गर्न थालेका छन् । प्रदर्शनकै क्रममा सयौं नागरिकहरू समेत पक्राउ परिसकेका छन् ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले गरे आफूलाई विजेता घोषणा

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले गरे आफूलाई विजेता घोषणा

२१ कार्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम …