SamwadKhabar logo

               

संघीय खबर

बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने

संवाद खबर

संवाद खबर

बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने
मङ्सिर १८, ललितपुर । ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले देशभरका पत्रकार र परिवारलाई उपचारमा छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बी एण्ड बी हस्पिटलले पत्रकारलाई छुट योजना ल्याएको हो । छुट योजनाका लागि शुक्रबार पत्रकार महासंघ ललितपुर शाखा र अस्पताल व्यवस्थापनबीच सम्झौता भएको छ । सम्झौतामा पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपाने र बी एण्ड बी अस्पतालका कार्यकारी निर्देशक डा. निरजलाल वैद्यले हस्ताक्षर गरेका हुन् । देशभरका सबै पत्रकालाई उपचार तथा औषधीमा १५ प्रतिशत छुट दिने सम्झौता अस्पतालले गरेको छ । यसमा ओपीडी परीक्षणदेखि आकस्मिक उपचार, शल्यक्रियासम्म पर्ने कार्यकारी निर्देशक वैद्यले जानकारी दिए । पत्रकारलाई मात्रै नभएर आश्रित परिवारलाई पनि छुट सुविधा लागू हुने सम्झौतामा उल्लेख छ । आश्रित परिवारका रुपमा आमा, बुबा, श्रीमान, श्रीमती र २ जना छोराछोरी गरी ६ जनाको उपचारमा छुट हुनेछ । भट्टराईका अनुसार केही निश्चित उपचारमा भने यो लागू हुने छैन। पीसीआर परीक्षण, अस्पतालले छुट दिएर सञ्चालन गरिरहेका परीक्षण प्याकेजहरु, परीक्षणका लागि विदेशमा पठाउनु पर्ने भएमा, अप्रेसनका लागि प्रयोग हुने सामग्री आदिमा १५ प्रतिशत छुटको नियम लागू हुँदैन । आजबाट २ वर्षसम्मका लागि यो सम्झौता गरिएको छ । छुटमा उपचार सेवा लिनका लागि पत्रकार महासंघको कार्ड देखाउनु पर्नेछ। सदस्य रहेर कार्ड नलिएकाको हकमा पत्रकार महासंघ ललितपुर शाखाले सिफारिस गरिदिनेछ। देशभर रहेका पत्रकार महासंघ सबै सदस्यले यो सुविधा पाउने पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले जानकारी दिए। राज्यको चौथो अंगको उपमा पाएका पत्रकारहरुसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रमुख प्रशासक प्रकाश भट्टराईले बताए। सम्झौतामा उल्लेख नभएपनि कुनै विशेष परिस्थिति आएमा उपचारमा थप सहुलीयत दिने प्रतिवद्धता भट्टराईले जनाए। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, अग्रज पत्रकार प्रभु नारायण बस्नेत, पत्रकार महासंघ उपत्यका प्रदेशका सदस्य माधव प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…