SamwadKhabar logo

               

कला / साहित्य

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण

संवाद खबर

संवाद खबर

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण
मङ्सिर १९, काठमाडौँ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) २०२२ समापन भएको छ ।
मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै शनिबार समापन भएको हो । औपचारिक समापन समारोहका प्रमुख अतिथिका रुपमा अर्थमन्त्री जनार्दन शर्माले रङ्गकर्मीको प्रयासबाट नेपालमा रङ्गमञ्चको सक्रियता र विकास भइरहेकोमा प्रशंसा गर्दै सरकारले यसमा आवश्यक पहल गर्न नसकेको स्वीकारे । उनले भने, “सरकारले नाटक र रङ्मञ्चको लागि निश्चित नीति तय गर्न सकेको छैन, गर्नुपर्ने जति बजेको व्यवस्था पनि गर्न सकेको छैन, रङ्गमञ्चको विकास र सहजीकरणका लागि आवश्यक पहलहरु आग।ामी दिनमा गर्ने प्रयत्न रहन्छ ।” त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले रङ्गमञ्च समाजको लागि अपरिहार्य भएकोले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताए । उनले भने, “रङ्गमञ्चको विविध आयाम आइसक्यो, हामीले उहिले गर्ने र अहिलेको समकालिन रङ्गमञ्चको शैली, विधिहरु भिन्न भइसके । यसले समाज र मानिसको मनलाई प्रभाव पारिरहेको छ । यसमा लागिपर्ने सबै कलाकर्मी, रङ्गकर्मी यसका धन्यवादका पात्र हुनुहुन्छ ।” समापन मन्तव्य दिँदै महोत्सव निर्देशक सिर्जना सुब्बाले कोभिडको लामो अन्योलपछि पुनः चलायनमान हुन थालेको नेपाली रंगमञ्चलाई नाट्य महोत्सवले नयाँ उर्जा दियो होला भन्ने अपेक्षा गरेको बताए । उनले भने, “समृद्ध समाज र सुन्दर जीवनका लागि रंगमञ्च, कला, साहित्यको अपरिहार्यतालाई जिम्मेवार निकाय र आम रुपमा पुर्याउन नेपाली रंगमञ्च प्रतिवद्ध छ । हाम्रो यो प्रतिवद्धतामा राज्य स्तरबाट पनि उत्तिकै प्रतिवद्धता र पहलहरु आओस् भन्ने हामी चाहन्छौं । किनकी रंगमञ्च, कला, साहित्य विना समाज विकासित त हुन सक्लान् तर समृद्ध हुन पक्कै सक्दैन ।” त्यस्तै समापन समारोहलाई सञ्चालन गर्ने क्रममा नाटक र रङ्गमञ्चले चर्चित र धनीभन्दा पनि जीवित र असल मान्छे बनाउँछ’ भन्ने ब्रोडवे थिएटरका रङ्गकर्मी टेरेन्स मनको भनाई उदृत गर्दै रङ्गकर्मी केदार श्रेष्ठले समृद्ध समाजका लागि रङ्गमञ्चको संरक्षण, विकास र समृद्धितिर लाग्न आह्वान गरेका थिए । समारोहमा माहेत्सवका सम्पूर्ण सदस्यहरु, सहयोगी, प्रयोजकहरुलाई सम्मान गरिएको थियो । समापन नाटकको रुपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर भएको थियो । लोककथामा आधारित प्रनिश मगर लिखित, विकास जोशीको सह दिर्नेशन र पै्रमिला खनालको कोरियोग्राफीका साथ दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ मञ्चन भएको थियो । यो नाटक पुस १७ सम्म नियमित मण्चन हुँदैछ । समापनको दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिसकसन पनि भएको थियो । जसमा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गरेका थिए । त्यस्तै सन् २०१९ मा विभिन्न नाट्य संस्थाले संयुक्त रुपमा आयोजना गरेको यस महोत्सवको दोस्रो संस्करणको् आयोजना मण्डला थिएटरले गरेको हो । तेस्रो संस्करण दुई वर्षपछि हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…