SamwadKhabar logo

               

कोशी प्रदेश

संस्कृत सम्भाषण शिविर एवं अध्यापक–आचार्य–स्वाध्याय–वर्ग आयोजना गरिँदै

संवाद खबर

संवाद खबर

संस्कृत सम्भाषण शिविर एवं अध्यापक–आचार्य–स्वाध्याय–वर्ग आयोजना गरिँदै
नेपाल शिक्षण परिषद्ले द्वादशदिवसीय आवासीय संस्कृत सम्भाषण शिविर आयोजना गर्ने भएको छ । विराटनगरको पाञ्चालीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा दस दिने संस्कृत भाषा प्रशिक्षण वर्गका साथै चारदिवसीय अध्यापक–आचार्य–स्वाध्याय–वर्गः २०७९ सञ्चालन गरिने शिक्षण परिषद्का महामन्त्री डा. वासुदेवकृष्ण शास्त्रीले जनाउनुभएको छ। संस्कृत भाषामा विद्यार्थीहरुको सम्भाषण सम्बन्धी दक्षता अभिवृद्धि गराउने उद्देश्यले सञ्चालन हुन लागेको यस शिविरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लब्धप्रतिष्ठित भाषाप्रशिक्षकहरुद्वारा वैज्ञानिकविधिबाट सम्भाषण प्रशिक्षण गराइने छ । शिविरमा सहभागी हुने विद्यार्थीहरु १२ दिनमा नै संस्कृत सम्भाषण गर्न सक्षम हुने उहाँले बताउनुभयो । पाञ्चालीस्थित श्रीलक्ष्मीनारायणवेदविद्याश्रको सहकार्यमा पौष १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने दुबै वर्गमा देशभरिका विभिन्न गुरुकुलका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहने जनाइएको छ । अध्यापक–आचार्य–स्वाध्याय–वर्गःका माध्यमबाट गुरुकुलमा अध्यापनरत आचार्यहरूको एकत्रीकरण तथा ज्ञान तथा अनुभव आदान–प्रदान समेत हुने अपेक्षा गरिएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

जेठ २५, काठमाडौं । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमा…

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका …