SamwadKhabar logo

               

मनोरञ्जन

भारतीय अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई

संवाद खबर

संवाद खबर

भारतीय अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई
पुस १२, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिएका हुन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘बधाई छ कमरेड प्रचण्ड । तेस्रो पटक सुन्दर नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा । भर्खरै तपाईंसँगको भेटले सम्मानित महसुस गरायो । तपाईंले हामीलाई गर्नुभएको न्यानो माया र स्वागतले नेपालको विनम्रता र सांस्कृतिक करुणलाई झल्काउँछ ।’ नेपालको पर्यटन प्रवर्द्धन गर्न भन्दै १० दिने नेपाल भ्रमणमा आएको बेला प्रचण्डलाई भेट्न ओबराय मंसिर २९ गते खुमलटार पुगेका थिए । नेपाल भ्रमणको क्रममा ओबरायले पशुपतिनाथको दर्शन गरेपछि परिवारसँग चन्द्रागिरी, पोखरा, भैरहवा र लुम्बिनीको भ्रमण समेत गरेका थिए । ओबराय गत २८ मंसिरमा नेपाल आएका थिए भने पुस ९ गते स्वदेश फर्किएका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …