SamwadKhabar logo

               

कला / साहित्य

रेडियो नाटक ‘रोपेगुना फल’ टिकटक प्रतियोगिता हुने, निर्णायकमा मिस पवी

संवाद खबर

संवाद खबर

रेडियो नाटक ‘रोपेगुना फल’ टिकटक प्रतियोगिता हुने, निर्णायकमा मिस पवी
पुस १३, काठमाण्डौ । टिकटकमा चर्चित मोडल मिस पवी अडियो÷ रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी छिन् । हिजो सोमवार ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस कार्यका लागि सहमति भएको हो । स्थापित सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि लोभलाग्दो योजना सार्वजनिक गरेसँगै मिस पवी यो अभियानमा जोडिएकी हुन् । सार्वजनिक योजनाअनुसार अडियो÷ रेडियो नाटक रोपेगुना फलमा आधारित टिकटक बनाउने उत्कृष्ट तीन जनाले आकर्षक नगद पुरस्कार पाउनेछन् । विशेषगरी जन्मेदेखि आठ वर्षसम्मका बालबालिका हुर्काउन र बढाउन अभिभावकको जिम्मेवारीमा उत्कृष्ट टिकटक बनाउनेमध्येबाट पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । टिकटक प्रतियोगितामा चर्चित टिकटकर मिस पवीले प्रचारप्रसार, प्रवर्द्धन तथा निर्णायक समूहमा रही सहयोग गर्ने छिन् । मिस पवी सुदूरपश्चिममा बोलिने डोटेली भाषामा समसामयिक सन्देशमूलक टिकटक बनाएर दर्शकमाझ लोकप्रिय छिन् । रोपेगुना फल अडियो÷ रेडियो सुदूरपश्चिम र कर्णाली प्रदेशका अभिभावक, किशोरकिशोरी तथा युवायुवतीलाई लक्षित नाटक भएकोले त्यस क्षेत्रको लोकप्रिय लवजमा टिकटकमार्फत धेरैभन्दा धेरै लक्षित स्रोता–दर्शकसम्म पुग्नका लागि उपयोगी हुने भएकोले टिकटक प्रतियोगिता आयोजना गरिएको एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाई बताउँछन् । एन्टेना फाउण्डेशनका अनुसार यो प्रतियोगितामा भाग लिने प्रतियोगीले यस नाटकको कुनै पनि रेकर्डेड अङ्कबाट कुनै पनि संवाद छनोट गर्न सक्ने छन् । टिकटक भिडियो न्यूनतम एक मिनेटको र अधिकतम तीन मिनेटको हुनु पर्नेछ । भिडियो कसैको पनि जातीय, लैङ्गिक, सांस्कृतिक तथा धार्मिक भावनामा आघात नपुग्ने गरी बनाउनु पर्नेछ । भिडियो बनाउँदा बालबालिका, तथा शारीरिक अवस्था वा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिको अवस्था तथा भावनाप्रति संवेदनशील हुनुपर्छ । प्रतियोगितामा भाग लिने एक जनाले एउटा वा बढी टिकटक बनाउन सक्ने छन् वा समूहमा मिलेर समेत सहभागी हुन सक्ने छन् । टिकटक भ्युज, लाइक्स, कमेन्ट, शेयर सङ्ख्या र सामाजिक संवेदनाको कसीमा राखी प्रतियोगी छनोट गरिनेछ । पुरस्कृत प्रतियोगीले एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने अडियो, रेडियो तथा भिडियो नाटकमा कलाकार भएरसमेत काम गर्ने अवसर पाउन सक्ने छन् । रेडियो नाटक रोपेगुना फल एन्टेना फाउण्डेसन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज @AntennaFN वा युट्युब च्यानल AntennaFoundationNepal मा उपलब्ध छ । प्रतियोगी टिकटकका लागि तीनै नाटक सुनेर संवाद रोज्न सकिन्छ । प्रतियोगीले प्रतियोगिताका लागि बनाइएका टिकटक भिडियोहरू आफ्नै टिकटक एकाउन्टबाट शेयर गर्नु पर्नेछ । त्यसरी भिडियो शेयर गर्दा #ropegunafal ह्यासट्याग र @antennafoundationnepal_लाई मेन्सन गर्नु पर्नेछ । टिकटक प्रतियोगिता २०७९ माघ १५ गतेसम्म कायम गरिएको छ । रोपेगुना फल युनिसेफ नेपालको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने लोकप्रिय धारावाहिक अडियो/रेडियो नाटक हो । यो अभियानमा पपुलेशन मिडिया सेन्टर र भायामो नामक संस्थासमेत संलग्न छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…