SamwadKhabar logo

               

मनोरञ्जन

डिआईजी टेक तामाङको नयाँ कोशेली ‘तिमी सागर’ (भिडियोसहित)

संवाद खबर

संवाद खबर

डिआईजी टेक तामाङको नयाँ कोशेली ‘तिमी सागर’ (भिडियोसहित)
पुस १३, काठमाडौं । गीतकार टेक तामाङको ‘तिमी सागर’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । कन्काइष्ट राईको संगीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर, साहस शाक्यको सङ्गीत संयोजन रहेको गीतलाई टेक तामाङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा जलचक्रको माध्यमबाट हिमाल र सागरको अनवरत मिलन भए जस्तै प्रेम एक अनुभूति हो । जसलाई भौगोलिक दूरीले त्यति फरक पार्दैन भन्ने भाव भूमिमा सृजना भएको छ । प्रेमीले भन्छ– तिमी सागर, तिमी गहिरिंदैजाऊ, तिमी फैलिदैजाऊ अनि प्रेमिकाले भन्छ – तिमी हिमाल, तिमी अग्लिदैजाऊ, तिमी चम्किँदैजाऊ । समर्पित भाव बोकेको गीतमा हिमालको रूपमा प्रेमी र सागरको रूपमा प्रेमिकालाई चित्रण गरिएको छ । नदी र बादलको माध्यमबाट हिमाल र सागरको मिलन भए जस्तै दुई गीतले भनेको छ– हिमाल सागरको मिलनझैँ हाम्रो प्रेमको यात्रा, जुगौँ जुग बाँचोस् हाम्रो मिलनको अनन्त अनन्त चक्र । गीतकार तामाङको यसअघि ‘नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी र पछिल्लो कोशेली ‘तिमी सागर’सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् । नेपाल प्रहरी सेवाको डिआइजी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भएपनि अर्को हातमा कलम बोकेर निरन्तर सिर्जना गरिरहेका छन् ।एभरेस्ट ग्यालरीको ब्यानरमा बनेको म्युजिक भिडियोमा सनम कठायत र रिचा थापाले अभिनय गरेका छन् । दीपक गिरिले छायाङ्कन, विकास दाहालले भिडियो सम्पादन र जनक सिंहले निर्देशन गरेका हुन् । https://youtu.be/UtotDvIHsKw

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …