SamwadKhabar logo

               

विश्व

आफ्ना नागरिकमाथि प्रवेशाज्ञा बन्द गरेको भन्दै जापानद्वारा चीनको आलोचना

संवाद खबर

संवाद खबर

आफ्ना नागरिकमाथि प्रवेशाज्ञा बन्द गरेको भन्दै जापानद्वारा चीनको आलोचना
पुस २७, टोकियो । चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो । साथै, उसले उक्त निर्णय फिर्ता लिन बेइजिङसँग माग गरेको छ । चीनमा कोरोनाका बिरामी बढेकाले त्यहाँबाट आफ्नो भूमिमा प्रवेश गर्ने चिनियाँलगायत अन्यलाई कोभिड–१९ परीक्षणको नकारात्मक प्रतिवेदन प्रस्तुत गर्नुपर्ने बाध्यकारी नियम लगाएपछि चीनले पनि त्यसको प्रतिवाद गर्दै प्रवेशाज्ञा दिन बन्द गरेको हो । चीनले मंगलबार जापान र दक्षिणकोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो । जापानले चीनको उक्त निर्णयलाई प्रतिशोधात्मक एवम् खेदजनक कदम भनेको छ । टोकियोले कूटनीतिक माध्यमबाट चिनियाँ निर्णयको विरोध गर्दै तत्काल निर्णय सच्च्याउन माग गरेको सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए । सोलस्थित चिनियाँ दूतावासले मङ्गलबार अनलाइन पोस्ट गरेको सङ्क्षिप्त सूचनाअनुसार दक्षिणकोरियाली नागरिकलाई पर्यटन वा व्यापारको लागि चीन जाने प्रवेशाज्ञा निलम्बन गरिएको छ । सोलले चिनियाँ नागरिकमाथिको भेदभावपूर्ण व्यवहार नहटाएसम्म कोरियालीमाथिको प्रतिबन्ध लागू रहनेछ । चीनबाट कोरिया जानचाहने यात्रीले बितेका ४८ घण्टामा कोरोना सङ्क्रमण नभएको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेपछि चीनले संसारका सबै देशसँगै त्यसैअनुरुप व्यवहार गर्ने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको छ भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्ना भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेको छ । महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी उपाय हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए । केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन भएका थिए । कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…