SamwadKhabar logo

               

संघीय खबर

प्रतिनिधिसभा सभामुख निर्वाचन : आज उमेदवारी दर्ता

संवाद खबर

संवाद खबर

प्रतिनिधिसभा सभामुख निर्वाचन : आज उमेदवारी दर्ता
माघ ४, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ । आज सभामुखका आकांक्षीले उमेदवारी दर्ता गराउनु पर्नेछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताको समय रहेको छ । ४ः१५ बजे दर्ता गरिएका उमेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ । भोलि बिहान ११ बजे सभामुख चयनका लागि छलफल सुरु हुनेछ । तर, अहिलेसम्म पनि सभामुख दाबी गरिरहेका दलहरुले उमेदवार तय गर्न सकेका छैनन् । प्रधनमन्त्रीमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति र सभामुख लिने सहमति गरेको नेकपा ९एमाले०ले समेत सभामुखको उमेदवार तोक्न सकेको छैन । एमालेले सभामुख कसलाई उमेदवार बनाउने औपचारिक छलफलसमेत थालेको छैन । संसद्को सबैभन्दा ठूलो पार्टी अनि गठबन्धन आफैसँग हुँदा व्यवस्थापकीय कुशलता देखाउन नसकेर नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ । सत्ता गठबन्धनको घटक माओवादी प्रधानमन्त्री नपाएर एमालेसँग सहकार्य गर्दै प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी भूमिकामा खुम्चिएको हो । सभामुख र राष्ट्रपतिमा सहयोगको अपेक्षासहित प्रधनमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस त्यही कारण आलोचनाको केन्द्र पनि बनेको छ । तर, उसले आफ्नातर्फबाट सभामुखमा दिने उमेदवार भने प्रस्तुत गर्न सकेको छैन । प्रधानमन्त्री दाहालले भने सभामुख र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने भन्दै छलफल थालेका छन् । मंगलबार बालुवाटारमा विश्वासको मत दिएका सबै पार्टीलाई बोलाएर उनले छलफल गराएका छन् । छलफलमा कुनै सहमति हुन सकेको छैन । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको खोजी गरे पनि एमाले भने आफूले पाउने भनेका पद छोड्ने पक्षमा देखिएको छैन । उसले कांग्रेसका लागि पद छुट्टाउनुपर्ने कुनै कारण नरहेको भन्दै कांग्रेसले राष्ट्रहितमा योगदान नै गर्न चाहेको भए प्रतिपक्षकै भूमिकामा गर्नुपर्ने धारणा राखेको छ । एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य देवराज घिमिरे र सांसद विद्या भट्टराई सभामुखका आकांक्षीका रुपमा देखिएका छन् ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…