SamwadKhabar logo

               

संघीय खबर

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड

संवाद खबर

संवाद खबर

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई  १० लाख डलरको इसा अवार्ड
माघ ४, काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्डको पाँचौँ संस्करणअन्तर्गत सन् २०२३ मा डा. रुइतलाई प्रदान गरिन लागिएको हो । यो अवार्डलाई डा. रुइतले आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ र राज्यको प्रतिष्ठाको रूपमा पाएको बताएका छन् । बिहीबार तिलगंगा आँखा प्रतिष्ठानको पत्रकार सम्मेलनमा बोल्दै डा. रुइतले भने, “यो मेरो ३५ वर्षे करिअरकै सबैभन्दा ठूलो कमाइ हो । यतिमात्रै होइन नेपालको प्रतिष्ठालाई उच्च बनाउने अवसर पनि हो । त्यसैले यो राष्ट्रले पाएको सम्मान हो ।” नेत्र उपचारको क्षेत्रमा नेपाल विश्वका विकसित मुलुकहरूभन्दा कम नभएको तथ्यलाई यो अवार्डले थप प्रमाणित गरेको डा। रुइतको भनाइ छ । इसा अवार्ड मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ । यसको राशि १० लाख अमेरिकी डलर रहेको छ । विश्वभरका १४५ व्यक्ति तथा संस्थाहरूको प्रतिष्पर्धामा डा. रुइत ६ नम्बरमा ‘स्पेसल नोमिनी’को रूपमा छनोट भएका थिए । डा. रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । विश्व स्वास्थ्य संगठनजस्ता बलिया संस्था र विभिन्न शक्तिशाली राष्ट्रका व्यक्तित्वहरूसँगको प्रतिस्पर्धामा आफूले इसा अवार्ड पाउनुलाई डा। रुइतले ‘फेयर जज्मेन्ट’को रूपमा लिएका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…