SamwadKhabar logo

               

अर्थ व्यवसाय

कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनको माग

संवाद खबर

संवाद खबर

कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनको माग
माघ १५, काठमाडौँ । कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनहरुलाई रोजगारको अवसर खुलेको छ । कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुमा योग्य नेपाली कामदारको माग गरेको हो । कुवेतको सिटी ग्रुप कम्पनीमार्फत टेण्डर प्राप्त गरी नेपाल स्थित बसुन्धारामा रहेको ओमेगा इन्टरनेशनल  प्रा.लि बीच नेपाली कामदार पठाउन सम्झौता भएको छ । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियन गरेका नेपालीहरुलाई रोजगारको लागि माग गरेको ओमेगा इन्टरनेशनल प्रा.लि. ले जानकारी दिए । नेपालमा ठूलो रकम खर्च गरेर अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई यो अवसर आउनु निकै खुसीको विषय बनेको प्रा.लि. को दावी छ । कुवेतबाट करिब १७०८ जना कामदारको माग भएको छ । दैनिक आठ घण्टा काम र हाप्तको एक दिन छुट्टि हुने उक्त सेवामा प्रत्येक डिप्लोमा गर्ने कामदारहरुलाई १ लाख ७ हजारभन्दा माथि पारिश्रमिक हुने व्यवस्था रहेको बताएको छ । त्यस्तै बिएस्सी गरेकालाई १ लाख ३० हजारभन्दा बढी पारिश्रमिक पाउने व्यवस्था रहेको उल्लेख गरेको छ । उक्त कामका लागि डिप्लोमा र बिएस्सी उत्रिर्ण  गरेका विद्यार्थी, युवाहरुले नेपालमा न्युनतम २ वर्ष काम गरेको अनुभव चाहिने र आवश्यक कागजात उपलब्ध गराउनुपर्ने छ । सो काममा जान इच्छुक योग्यता पुगेका नेपालीले फेब्रुवारी अन्तिममा हुने परीक्षामा सहभागी भई पास गनुृपर्ने कम्पनी व्यवस्थापकले जनाएको छ । आवश्यक परमर्शा तथा जानकारीका लागि अफिसियल फेसबुक लिंक तथा अफिसमा सम्पर्क गर्न सक्नुहुनेछ । https://www.facebook.com/photo/?fbid=618910330243152&set=a.537702601697259

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …