SamwadKhabar logo

               

शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्ले सार्वजनिक गरे नवौं राष्ट्रिय अधिवेशनको लोगो र नारा

संवाद खबर

संवाद खबर

प्राज्ञिक विद्यार्थी परिषद्ले सार्वजनिक गरे नवौं राष्ट्रिय अधिवेशनको लोगो र नारा
माघ २१, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन’ भन्ने मुल नाराका साथ राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक गरेको छ । सुदुरपश्चिमको धनगढीमा हुने विद्यार्थी परिषद्को ९ ओैँ राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिनका लागि शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनबाट अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको हो । परिषद्ले ‘आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि ९ ओैँ राष्ट्रिय अधिवेशन ’ नारासहित आँउदो चैत्र १८, १९ र २० गते १२ सयभन्दा बढी प्रतिनिधिहरूको उपस्थितिमा धनगढीमा हुने परिषद्का महासचिव छितराज न्यौपानेले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा महासचिव न्यौपानेले प्रेस नोट सार्वजनिक गर्दै अधिवेशनबारे जानकारी गराएका थिए ।  विद्यार्थी परिषद्ले सार्वजनिक गरेको प्रेस नोट यस प्रकार रहेको छ । विद्यार्थी परिषद् २०५२ सालमा स्थापना भईअसल व्यक्ति निर्माणमार्फत् राष्ट्र पुनः निर्माणको अभियानमा नेपालका ७७ वटै जिल्लामा निरन्तर आफ्ना गतिविधिहरू सञ्चालनसंगै शतत रूपमा सक्रिय हुँदै आइरहेको छ । नेपालको विद्यार्थी आन्दोलनलाई सकारात्मक दिशा प्रदान गर्दै शिक्षाक्षेत्रलाई रचनात्मक एवं दलीय राजनीतिमुक्त गर्ने संकल्पका साथ परिषद् शिक्षाक्षेत्रमा सक्रिय छ। आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा राष्ट्रिय विषयमा जनजागरण अभियान, सामाजिक गतिविधि, सेवाकार्य तथा शिक्षाका विविध विषयमा केन्द्रित रहँदै संगठन विस्तार तथा सुदृढीकरणका लागि निरन्तर सक्रिय छ । जसका लागि परिषद्ले प्रत्येक दुई वर्षमा विभिन्न विषयमा केन्द्रित रहदै आफ्नो राष्ट्रिय अधिवेशन सम्पन्न गर्दै आइरहेको छ यसैक्रममा आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन भन्ने मूल ध्येयका साथ परिषद्को राष्ट्रिय अधिवेशन आगामी चैत्र १८, १९ र २० गते सुन्दर सुदुरपश्चिमको मुटु धनगढीमा सम्पन्न हुन गइरहेको छ । जसमा देशभरका विद्यार्थी तथा शिक्षक कार्यकर्ता, अतिथि प्रतिनिधि तथा विशेष व्यक्तिहरू सहित १२०० जना प्रतिनिधिहरूको सहभागिता रहनेछ  । अधिवेशनमा उद्घाटन समारोह, शोभा यात्रा, खुल्ला अधिवेशन, प्रस्ताव सत्र आदि महत्वपूर्ण सवहरू रहनेछन् । अधिवेशनको एक सत्रमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा समाजमा प्रेरणादायी कार्य गर्ने युवालाई पुरस्कृत गरिनेछ । अधिवेशनमा राष्ट्रिय सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र, पर्यटन, कृषि, उद्यमशीलता, शिक्षा, सेवा एवं संवेदना आदि विषयमा विशिष्ट विद्वानहरूको उपस्थितिमा समानान्तर सत्र सञ्चालन हुनेछन् विभिन्न विषयमा भाषण सत्र रहनेछन् भने शिक्षा, आर्थिक तथा समसामयिक विषयमा महत्वपूर्ण प्रस्तावसमेत पारित हुनेछन् । अधिवेशनमा राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निवाचन सहित केन्द्रीय कार्यकारिणी समितिको घोषणा हुनेछ । अधिवेशनका सम्पूर्ण विषयको तयारीमा धनगढीका कार्यकर्ता अगाडि बढिरहेका छन् ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

१६ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यम…

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्द…

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका प…