SamwadKhabar logo

               

मनोरञ्जन

पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने

संवाद खबर

संवाद खबर

फागुन १४, काठमाडौं । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो । उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले पल शाह आजै रिहा हुन सक्ने बताए । शाहलाई नाबालिग बालिका बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाइ दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको थियो । बाल यौन दुर्व्यवहारमा शाहलाई दुई वर्ष ६ महिना कैद र पीडितलाई १२ लाख क्षतिपूर्ति भराउने आदेश भएको थियो । जिल्ला अदालतको सो आदेशविरुद्ध शाह उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए । साथै सरकारी वकिलको तर्फबाट भने जबरजस्तीकरणीको अभियोगलाई कम गर्दै बालयौन दुर्व्यवहारमा दोषी ठहर गर्ने फैसला नमिलेको भन्दै जबरजस्तीकरणीमा दोषी ठहर गर्नुपर्ने मागसहित पुनरावेदन गएका थिए । शाहविरुद्ध नवलपुर तथा तनहुँ जिल्लामा एकै नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दुई मुद्दा दायर भएको थियो । नवलपुर अदालतले उनलाई बलात्कार अभियोगमा सफाइ दिँदै, बालयौन दुर्व्यवहारको कसुरमा दोषी ठहर गरेको थियो । त्यस्तै, तनहुँ अदालतले भने शाहलाई पूर्ण सफाई दिएको थियो । उच्च अदालतले नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएसँगै अब उनी रिहा हुनेछन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …