SamwadKhabar logo

               

अर्थ व्यवसाय

चैते धानको मूल्य तोकिएपछि मोरङका किसान उत्साहित

संवाद खबर

संवाद खबर

चैते धानको मूल्य तोकिएपछि मोरङका किसान उत्साहित
फागुन १६, बेलबारी (मोरङ) । तराईमा अघनी भनिने चैते धानको बेर्ना भर्खर किसानले खेतमा उमार्दै छन् । केही समयपछि धान रोप्ने चटारो सुरु हुन्छ । धान उत्पादन नहुँदै उनीहरूले त्यसको मूल्य प्राप्त गरिसकेका छन् । अर्थात्, जति धेरै धान उत्पादन गर्न सक्यो, त्यति नै रकम हात लाग्ने भयो । मूल्य नपाइएला वा बिक्री नहोला कि भन्ने पीर मोरङको बेलबारीका किसानलाई छैन । झापा, मोरङ र सुनसरीका पालिकाहरूमा अघनी धानको मूल्य तोकिएसँगै किसान उत्साहित छन् । मोरङको बेलाबारीस्थित डाँगीहाटका किसान त मूल्य तोक्ने प्रक्रियामै सामोल हुन पाए । बेलबारी नगरपालिका सखुवाटोलीकी किसान थलकमला पौडेलले भनिन्, “बिक्री गर्ने मूल्य दिएर खरिद गर्ने संस्थाको टुंगो लागेपछि हामीलाई धान नबिक्ला भन्ने पीर नै छैन ।” उनले गएको वर्ष ३५ मन धान बिक्री गरेकी थिइन् । योपटक उत्पादन बढाउने तयारीमा लागेकी छन् । अघिल्ला वर्षहरूमा किसानलाई उत्पादन गरेको धान कता बिक्री गर्ने, कसले खरिद गर्ला र चाहेको मूल्य पाइएलारनपाइएला भन्ने चिन्ता हुने गर्थ्यो । स्थानीय किसान चन्द्रबहादुर धिमाल भन्छन्, “हामी दुई बाली धान लगाउँछौँ । तर, चैते धान बिक्री गर्न निकै समस्या हुने गरेको थियो । अब सजिलो भएको छ ।”

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…