SamwadKhabar logo

               

संघीय खबर

फोनिज काठमाडौँ शाखाको भेला सम्पन्न

संवाद खबर

संवाद खबर

फोनिज काठमाडौँ  शाखाको भेला सम्पन्न
फागुन १९, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँ जिल्ला शाखाको भेला सम्पन्न भएको छ । शुक्रवार सञ्चार केन्द्रको सभा हलमा काठमाडौँ शाखा अध्यक्ष शैलेश डंगोलको अध्यक्षतामा भएको सो भेला तथा सुझाव संकलन कार्यक्रममा फोनिज बागमति प्रदेश समितिका सचिव राजु नापित, काठमाडौँ जिल्ला शाखा समितिका निवर्तमान अध्यक्ष राज्यलक्ष्मी शाक्यले धारणा राखेका थिए । फोनिज केन्द्रीय कार्य समितिको परिपत्रअनुसार नीति तथा विधान सम्मेलनका लागि जिल्ला शाखाले भेलाको आयोजना गरेको हो । वक्तहरुले फोनिजलाई सुदृढीकरण, फोनिजकर्मीहरुको हकहित, पेसागत सुरक्षा, सदस्यतामा व्यवस्थापन र अभिमूखीकरणलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ । राज्यलक्ष्मी शाक्यले आदिवासी जनजाति पत्रकारहरुको सक्रियतालाई बढाउन पत्रकार पुर्नताजकी आवश्यक रहेको बताईन् । शाक्यले काठमाडौँमै संघीय समिति पनि रहने भएकाले जिल्लाले गरेको गतिविधिमा समन्वयको भूमिकामा बढि ध्यान पु¥याउनुपर्ने बताईन् । बागमति प्रदेश समितिका सचिव राजु नापितले प्रदेशअन्तरगतका जिल्लाहरुले प्रदेशमै सुझाव बुझाउनुपर्ने बताए । त्यस्तै जिल्ला कार्य समितिका सदस्य भीम लामाले जिल्ला शाखालाई कार्य सम्पादन गर्न सहज वातावरण निर्माण गर्न आग्रह गरे । उनले सदस्यता वितरण, सदस्यता परिचयपत्र तथा सदस्यता शुल्कबारे जिल्ला शाखालाई नै अधिकार प्रदान गर्नुपर्ने सुझाव दिए । फोनिज मातहतका जातिय पत्रकार संगठनहरुलाई एकीकृत बनाई जिल्लाको कार्य सम्पादन गर्नुपर्ने बताउँदै नेपाल पत्रकार महासंघको सदस्यताका लागि फोनिजकै सिफारिसमा सदस्यता प्राप्त हुने व्यवस्था गराउन माग गरे । जिल्ला शाखाका अध्यक्ष शैलेश डंगोलले काठमाडौँबाट सदस्यता प्राप्त गर्नेहरुलाई परिचयपत्र वितरण गर्न नपाउँदा कार्य सम्पादनमा समेत कठिनाई भएको बताए । अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीले कार्यकाल सकिनु अगाडि नै राजीनामा दिएमा सदस्यतामा नरहने व्यवस्था लागु गर्न माग गरे । भेलामा किराँत राई पत्रकार संघ, नेवा पत्रकार संघ र विभिन्न सञ्चार क्षेत्रमा आवद्ध जनजाति पत्रकारहरुको उपस्थिति रहेको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…