SamwadKhabar logo

               

अर्थ व्यवसाय

अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौं

संवाद खबर

संवाद खबर

अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौं
फागुन २८, काठमाडौँ ।  वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २२ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताउनुभएको हो । कार्यक्रममा बोल्नुहुँदै कृषि विकास बैंकका पूर्व अध्यक्ष एवं सिइयो श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पदनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रमहरु कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा समस्या मात्र छ्रैनन्, उँहाले भन्नुभयो सम्भावना बोकेका र आफुलाई सफल प्रमाणीत गरेका सहकारीहरुपनि छन् यसको पहिचान गर्ने र भन्ने समय आईसकेको छ । सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्य गर्नुपर्ने उपाध्ययको जोड रहेको थियो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारी मार्फत सदस्य किसानहरुलाई प्रवाह गरेको ज्ञान, सिप, पूँजी, प्रविधि र सचेतनाले गरिब, पिछडीएको वर्ग, दलित, अल्पसंख्याक, महिलाहरुको नेतृत्व विकासमा ठूलो योगदान पुगेको बताउनुभयो । यसैगरी कार्यक्रममा सना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषण प्रति असन्तुष्टि जनाउनुभयो । उहाँले जहाँ समस्या छ त्यहीँ उपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलत भयो भन्नेगरी भईरहेको प्रचार प्रसारले आफुहरुलाई नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो । उँहाले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्था मार्फत सदस्य किसानहरुलाई सेवा प्रदान गर्दै आईरहेको स्पष्ट पार्दै साना किसानमा कुनै समस्या नरहेको दावी गर्नुभयो । अहिले १ हजार ४ सय ५९ साझेदार साना किसान कृषि सहकारी मार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै उहाँले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको स्पष्ट पार्नुभयो । ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रीत साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले समुदायमा पछाडी परेका राउटे, कुुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्याक र महिलाहरुको आर्थिक सामाजिक रुपान्तरणमा काम गरिरहेको जानकारी गराउनुभयो । किसानहरुको सहभागितामा किसानहरुकै नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारीहरुमा कुनै समस्या नरहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष पाठकले कहीँ कतै त्यस्तो समस्या देखिए तत्काल समाधान गर्न आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । गरिब किसानहरुलाई धनी बनाउने, पछाडी परेकाहरुलाई मुलधारमा ल्याउने, सामाजिक सामुदायिक काम मार्फत खानेपानी, सडक, सरसफाई लगायतका काममा साना किसानहरु गाउँ–गाउँमा लोकप्रिय संस्था बनेको अध्यक्ष पाठकले दावी गर्नुभयो । कार्यक्रममा कृषि विकास बैंकका सिईयो गोविन्द गुरुङले नेपालको दुरदराजका किसानहरुलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले किसानहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पदन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सिईयो गुरुङले किसानहरुको सहभागिता र नेतृत्व रहने साना किसान सहकारीसंग मात्र कारोवार गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्नेमा समेत जोड दिनुभयो । उँहाले सदस्यहरुको क्षमता विकास गर्दै विशेषगरी युवाहरुलाई नेपालमै कृषि तथा पशुपालनका क्षेत्रमा राम्रो आम्दानीको वातावरण बनाउन सकिसने सम्भावना रहेको समेत बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्नुहुँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा.शिवराम प्रसाद कोईरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाहरुको मूल्यांकन गरिनुपर्नेमा जोड दिनुभयो । उँहाले नेपालका ७६ जिल्लाका १० लाख ७९ हजार भन्दा बढि घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको दावी गर्नुभयो । उहाँले ७९ प्रतिशत महिला सदस्य रहनेगरी नेपालको दुरदराजमा साना किसान कृषि सहकारीहरु स्थापना भई सञ्चालनमा रहेको बताउनुभयो । अहिले सहकारी मार्फत सदस्यहरुले एकल र सामुहिक रुपमा चिया, दुध, डेरी, तेल, चामल लगायतका उद्यम सुरु गर्नुभएको जानकारी दिनुभयो । कार्यक्रममा देशभर रहेका १ हजार ४ सय ५९ साझेदार सहकारी संस्था मध्ये सर्वोउत्कृष्ट संस्थाका रुपमा परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था लि. गुमी सुर्खेतलाई पुरस्कृत गरिएको छ । यसैगरी ११ वटा इलाका कार्यालय रहेको संस्थाले उत्कृष्ट इलाका कार्यालयका रुपमा हेटौँडा इलाका कार्यालाई उत्कृष्ट इलाका कार्यालयका रुपमा पुरस्कृत गरेको छ । कार्यक्रमका लघुवित्त वित्तीय वित्तीय संस्था लि. का सञ्चालक, कर्मचारी, पत्रकार एवं विभिन्न सहकारीका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…