SamwadKhabar logo

               

विश्व

फ्रान्समा पेन्सन सुधारविरूद्धको प्रदर्शन चर्किदै

संवाद खबर

संवाद खबर

फ्रान्समा पेन्सन सुधारविरूद्धको प्रदर्शन चर्किदै
चैत ३, काठमाडौं । फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा भड्किएको प्रदर्शनका क्रममा राजधानी पेरिसमा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप भएको छ । बिहीबार भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले ठाउँ–ठाउँमा आगजनी समेत गरेका छन् । राजधानी पेरिससहित मुख्य शहरमा प्रदर्शन दैनिक रूपमा चर्किदै जाँदा सडकमा झडप पनि बढ्दै गएको छ । बिहीबार राजधानी पेरिसबाट १ सय २० जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । सरकारले अवकाशको उमेर ६२ बाट बढाएर ६४ बनाउने निर्णय गरेपछि ट्रेड युनियनहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । सरकारले पेन्सन सुधारको प्रस्तावलाई संसदमा समेत नलगी लागू गर्ने निर्णय गरको छ । प्रस्ताव पारित गराउन राष्ट्रिय सभामा सरकारको पक्षमा बहुमत नजुट्ने भएपछि सरकारले नियमावली नै संशोधन गरेर सोझै लागू गर्ने बाटो लिएको हो । सरकारी प्रस्तावको अधिकांश विपक्षी दलहरुले पनि विरोध गरेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले प्रदर्शनकारीहरुलाई सुविधा कटौती नहुने आश्वासन दिएपछि प्रदर्शन थामिने संकेत देखिएको छैन । एजेन्सी

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…