SamwadKhabar logo

               

मनोरञ्जन

चलचित्र ‘कैदीको पत्र’ वैशाख १५ गते देशभरका हलमा प्रर्दशन हुँदै

संवाद खबर

संवाद खबर

चलचित्र ‘कैदीको पत्र’ वैशाख १५ गते देशभरका हलमा प्रर्दशन हुँदै
चैत ३०, काठमाडौँ । बेलयातमा निर्मित नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ वैशाख १५ गते देशभर प्रर्दशन हुने भएको छ । लेखक तथा निर्देशक सनमकुमार बैरागले निर्देशन गरेको साहित्यकार स्वर्गीय इश्वर मानन्धरको कथामा आधारित चलचित्र ‘कैदीको पत्र’ देशभरका हलमा प्रर्दशन हुने बताएको छ । नेपाली र अंग्रेजी दुबै भाषा मिस्रित नेपाली कथामा आधारित सो चलचित्रमा म्याडिसन लाजरस, कुणाल विश्व, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी आदि कलाकारहरुले अभिनाय गरेका छन् । https://www.youtube.com/watch?v=7KRw4vMRER0&t=98s व्यवसायिक र मनोरंजनात्मक उक्त चलचित्रमा सुख–दुःख, माया– विछोड र जीवन संघर्षसंगै आफ्नो कर्म र कर्तव्यबारे प्रास्ट पारिएको निर्देशक बैरागले बताएका छन् । चलचित्रमा परिवार, साथी र जन्मथलोको महत्व चित्रित गरेको सो चलचित्रका निर्देशक सनम कुमार बैरागले बताएका छन् । ‘बेलायतमा रामेश्वर कार्कीले छायाँकन गरेको ‘कैदीको पत्र’ चलचित्र हिरल जोशी, नानी हेरम, कैलाश विश्वकर्मा र दिल घले निर्माण गरेका हुन् । बद्लिदो समयमा समाजमा हुने घटनाहरुलाई चित्रण गर्दै आम दर्शकहरुलाई छुट्टै स्वादका साथ चलचित्र कैदीको पत्र प्रर्दशन हुने बताएको छ । वैशाख १५ गते नेपालको सबै हलहरुमा प्रर्दनश हुने भएकाले सबैलाई हेरिदिनुहुन आग्रह गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …