SamwadKhabar logo

               

मनोरञ्जन

गायक बस्याल र देविकाले तताए क्यानडा, शुभकामनासहित नेपाली साँगीतिक साँझ सम्पन्न

संवाद खबर

संवाद खबर

गायक बस्याल र देविकाले तताए क्यानडा, शुभकामनासहित नेपाली साँगीतिक साँझ सम्पन्न
चैत ३०, काठमाडौँ । नेपाली नयाँ वर्ष वि.स. २०८० को पूर्व सन्ध्यामा नेप्लिज कम्युनिटी अफ लण्डनले नयाँ वर्षको विशेष सांगीतिक साँझसहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय क्यानडा लण्डनमा बढिरहेको नेपाली समाजले आयोजना गरेको उक्त कार्यक्रममा नयाँ तथा पुराना विद्यार्थीहरुको पनि स्वागत गरिएको थियो । नयाँ वर्षको शुभकामना आदान–प्रदानपछि आयोजित भव्य लाईभ साँगीतिक कार्यक्रममा वरिष्ठ लोक दोहोरी गायक बुद्धि सागर बस्याल र गायिका देविका केसीले दर्शकहरु छमछमी नचाएका थिए । एबी लोकेश स्कुलको विशेष हलमा अहिलेसम्मकै भव्य र सफलताका साथ कार्यक्रम सम्पन्न भएको आयोजक नेप्लिज कम्युनिटी अफ लण्डनका स्पेशल इभेन्ट कोअर्डिनेटर शिव डल्लाकोटीले बताए । समाजका अध्यक्ष निराजन ठकुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष प्रदीप बास्तोला, सचिव सहासनाथ अधिकारी, कोषाध्यक्ष सुनिल टण्डन, स्पोर्ट कोअर्डिनेटर विकास पाण्डे, स्पेशल इभेन्ट कोअर्डिनेटर शिव डल्लाकोटी र सांस्कृतिक कोअर्डिनेटर रमेश चालिसे रहेका थिए । कार्यक्रम सञ्चालन ऋचा ढुँगेलले गरेकी थिईन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …