SamwadKhabar logo

               

विश्व

चीनले १८ वर्षभन्दा कम उमेरका लागि स्मार्टफोन प्रयोगको सीमा तोक्दै

संवाद खबर

संवाद खबर

चीनले १८ वर्षभन्दा कम उमेरका लागि स्मार्टफोन प्रयोगको सीमा तोक्दै
साउन १८, एजेन्सी । चीनले १८ वर्ष भन्दा कम उमेरका किशोरकिशोरी तथा बालबालिकाहरुका लागि स्मार्ट फोनलगायतका उपकरणको प्रयोगमा सीमा तोक्ने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगको लतका कारण बालबालिकाहरुको रचनात्मक क्षमतामा ह्रास आएको भन्दै चीनको साइबर स्पेश प्रशासनले यस्तो तयारी गरेको हो । उसले स्मार्ट फोन उत्पादकहरुलाई माइनर मोडसहितका उपकरण बनाउन निर्देशन दिएको छ । साइबर स्पेश प्रशासनले १६ देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई दिनमा २ घण्टा मात्रै स्मार्टफोनमा पहुँच दिने प्रस्ताव गरेको छ । यस्तै, ८ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रति दिन बढीमा एक घण्टा स्मार्टफोन चलाउन दिइने छ । ८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई भने दिनमा ८ मिनेट मात्रै स्मार्टफोन चलाउने सुविधा प्राप्त हुने छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु आफैंले पनि बालबालिकाको पहुँच घटाउने गरी प्रविधि विकास गर्न सक्ने पनि प्रस्ताव गरिएको छ ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…