SamwadKhabar logo

               

विश्व

क्यानडामा शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप, एकअर्काका कूटनीतिज्ञलाई देश छाड्न आदेश

प्रमिला भुजेल

प्रमिला भुजेल

क्यानडामा शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप, एकअर्काका कूटनीतिज्ञलाई देश छाड्न आदेश
२ असोज, काठमाडौं । क्यानडाले हरदीपसिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा  भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासित गरेको छ । क्यानडाको उही शैलीमा भारत सरकारले पनि ‘भारत विरोधी गतिविधि’ गरेको भन्दै क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो । सोमबार क्यानडाको विदेश मन्त्रालयले   निज्जर हत्याको विषयमा अनुसन्धान चल्दै गर्दा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई पाँच दिनभित्रै देश छाड्नुपर्ने सूचना जारी गरेको थियो । त्यस्तै भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिइएको छ । भारतीय विदेश मन्त्रालयले क्यानडाको उक्त आरोप ‘तथ्यहीन’ र राजनीतिक रूपमा अभिप्रेरित भएको भन्दै क्यानडाले लामो समयदेखि ‘खालिस्तानी आतंकवादी एवं अतिवादी’ समूहलाई आश्रय दिँदै आएको आरोप लगाएको छ । मन्त्रालयले प्रधानमन्त्री मोदीले क्यानडेली प्रधानमन्त्रीले भारतमाथि लगाएको आरोपलाई पूर्णरूपले अस्वीकार गरेको समेत उल्लेख गरेको छ । ‘क्यानडामा भइरहेको भारतविरोधी गतिविधिलाई रोक्नका लागि शीघ्र एवं प्रभावकारी कानुनी कदम चाल्न क्यानडेली सरकारलाई हामी आग्रह गर्दछौं‚’ भारतस्थित विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको बताउँदै भारतमाथि क्यानडाले लगाएको आरोप आधारहीन भएको टिप्पणी विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले गरेका छन् । क्यानडाका प्रधानमन्त्री ट्रुडोले संसद्को आकस्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका हुन् । गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा रहेको एक गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतविरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए । भारतले भने निज्जरलाई आतंकवादी एवं पृथकतावादी संगठन प्रमुख रहेको आरोप लगाउँदै आएको छ ।    

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…