SamwadKhabar logo

               

वाग्मती प्रदेश

श्री भिमदेव आधारभूत विद्यालयको ४२ औं वार्षिकोत्सव सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

श्री भिमदेव आधारभूत विद्यालयको ४२ औं वार्षिकोत्सव सम्पन्न
पुष ९, काठमाडौं । गोकर्णेश्वर-२ पाखाथोक स्थित श्री भिमदेव आधारभूत विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ । आइतवार वडा अध्यक्ष तथा विव्यस अध्यक्ष मधु तामाङको सभापतित्व तथा गोनपाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा ४२ औं वार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न भएको थियो । गोकर्णेश्वर २ मा शिक्षाको विकासमा महत्वपूर्ण भूमिका रहेको श्री भिमदेव आधारभूत विद्यालयको उद्घाटन नगर प्रमुख दिपक रिसालले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समिति सदस्य रवि कुमार पण्डितले राख्नु भएको थियो । कार्यक्रममा वडा सदस्यहरु सुनिल गिरी, कृष्णहरी श्रेष्ठ, सरस्वती सुनार, माया तामाङ, प्रधानाध्यापक सीता माया योञ्जन, विव्यस सदस्य रवि कुमार पण्डित, पूर्व विव्यस अध्यक्ष श्रीकृष्ण ज्योती, श्वेतवाराही बहुउदेश्यीय सहकारीका अध्यक्ष सुरज कुमार पण्डित, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत सरिता शर्मा, समाजसेवी सुरज कुमार पण्डित, विव्यस सदस्य गायत्री कुमारी कुशवाह लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै नगर प्रमुख रिसालले विद्यालयलाई शैक्षिक रुपमा सुविधासम्पन्न बनाउन सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । वडा अध्यक्ष तथा विव्यस अध्यक्ष मधु तामाङले विद्यालयले भौतिक पूर्वाधारमा धेरै प्रगति गरेकोले आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि ध्यान दिन आवश्यक रहेको बताउनु हुँदै त्यसका लागि सहयोग, समन्वय गरी वडाले निरन्तर सहयोग गर्ने बताउनु भयो । आवश्यक पूर्व विव्यस अध्यक्ष श्रीकृष्ण ज्योती, श्वेतवाराही बहुउदेश्यीय सहकारीका अध्यक्ष सुरज कुमार पण्डित, शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत सरिता शर्माले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम सञ्चालन शिक्षक बालकृष्ण भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा पढाइमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भनें बालबालिकाले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

४ कार्तिक, काठमाडौँ । आइतवार बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ न…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

१४ असोज, काठमाडौं । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी म…

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

११ असोज, काठमाडौं । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित …