SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन उत्साहजनक

प्रमिला भुजेल

प्रमिला भुजेल

नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन उत्साहजनक
पुष १७, काठमाडौं । नेपालमा भारतीय र अमेरिकीको पर्यटकको आगमन उत्साहजनक देखिएको छ । सन् २०२३ मा नेपालमा भारतबाट मात्र ३ लाख र अमेरिकाबाट १ लाख भन्दा धेरै पर्यटक आएका छन् । नेपालले सन् २०२३ को एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गर्न सफल भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यस वर्ष भारतीय र अमेरिकी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । यो आगमन सन् २०२२ को तुलनामा ४ लाख ७२८ जना बढी हो । सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । चीनले नाकाहरु खुला गर्दै जाँदा चिनियाँ पर्यटकहरु समेत बढ्न थालेको र यसले समग्र पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । यस वर्ष अमेरिकी र बंगलादेशी पर्यटकको आगमन पनि केही बढेको छ । भारतीय पर्यटकको आगमनले उत्साह थपिएको छ । वर्षको अन्तिमतिर चीनले सबै नाकाहरु खोल्दै जाँदा सन् २०२४ मा भारतीय र चिनियाँ पर्यटकबीच आगमनमै प्रतिस्पर्धा हुने अपेक्षा व्यवसायीहरुले गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा भारतबाट मात्र ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा २ लाख ५४ हजार १५० जना भारतीय पर्यटक नोपल आएका थिए । नेपालले हवाईमार्गबाट आउने भारतीय नागरिकलाई मात्र पर्यटक गणना गर्दै आएको छ । सन् २०२३ मा अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा अमेरिकाबाट ९३ हजार २४१ जना पर्यटक आएका थिए । यस वर्ष चीनबाट ६० हजार ८७८ जना मात्र पर्यटक आएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको आगमन १ लाख ६९ हजार ५४३ रहेको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…