SamwadKhabar logo

               

युवा

गोकर्णेश्वर युवा उपकार क्लबको ३४ औं वार्षिक उत्सव सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वर युवा उपकार क्लबको ३४ औं वार्षिक उत्सव सम्पन्न
पुष २२, काठमाडौं । काठमाडौं पूर्वि क्षेत्रको अग्रणी क्लव ‘गोकर्णेश्वर युवा उपकार क्लब’ले आफ्नो ३४ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । सामाजिक सेवा हेतु वि सं २०४६ सालमा काठमाडौंको गोकर्णेश्वरमा स्थापित गोकर्णेश्वर युवा उपकार क्लवले शनिवार एक कार्यक्रमको आयोजना गरि संस्थाको ३४ औं बर्ष उत्सव मनाएको हो । क्लवका पदाधिकारी,सल्लाहकार तथा सदस्यहरुको उपस्थितीमा क्लबले आफ्नो ३४ औं बार्षिक उत्सव मनाएको थियो । आज भन्दा ३४ बर्ष पहिले अर्थात २०४६ सालमा मंगल दास श्रेष्ठको नेतृत्वमा स्थापित गोकर्णेश्वर युवा उपकार क्लवले तत्कालिन समय देखी नै गोकर्णेश्वर क्षेत्रको सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । गोकर्णेश्वर क्षेत्रमा पहिलो पटक रक्तदान कार्यक्रमको सुरुवात समेत यसै क्लवले गरेको हो । सो समय देखी हाल सम्म सामाजिक रुपान्तरण सहितको सेवा प्रदान गर्दै आएको क्लव स्थापनाको ३ दशक लामो यात्रामा शिक्षा, स्वास्थ्य लगायत क्षेत्र साथै विपतकालिन अवस्थाका समय मानविय सेवामा क्रियाशिल रहंदै आएको छ । गोकर्णेश्वर युवा उपकार क्लवका पदाधिकारीहरुले आफ्नो ३४ औं बार्षिक उत्सव कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण सदस्य तथा शुभचिन्तक र सहयोगीहरु प्रति धन्यवाद दिनुका साथै निरन्तरको लामो सामाजिक यात्रामा प्रत्यक्ष, परोक्ष र अप्रत्यक्ष रुपमा सहकार्य मूलक सहयोग पुर्याउँदै आएकाहरु प्रति कृतज्ञता व्यक्त गरेका छन् । कार्यक्रममा गोनपा ४ का वडाअध्यक्ष श्री कुमार श्रेष्ठ, वर्तमान वडासदस्य गौरीमाया श्रेष्ठ, समाजसेवी हरिकृष्ण श्रेष्ठ, भिजन इन्टरनेशनल क्लबका राजकृष्ण श्रेष्ठ, क्लबका सल्लाहकार गोविन्द बहादुर श्रेष्ठलगायतको आातिथ्यता रहेको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…