SamwadKhabar logo

               

शिक्षा

माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

प्रमिला भुजेल

प्रमिला भुजेल

माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

जेठ १७, काठमाडौं ।  माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । विद्यार्थीलाई सहज सेवा दिनका लागि पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यामिक तह (कक्षा १० र १२) सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो ।   

शुक्रवार केन्द्रको मान्यता तथा समकक्षता शाखाले औपचारिक कार्यक्रम गरेर अनलाइनमार्फत प्रमाणपत्र दिने जानकारी गराएको हो । शिक्षा सचिव डा.दीपक काफ्लेले अनलाइन सेवाको उद्घाटन गरेका छन् । 

शाखाले यसअघि १ पुस २०७९ बाट अनलाइन आवेदन लिन थालेको थियो । प्रमाणपत्र लिन भने शाखा नै पुग्नुपर्ने व्यवस्था रहेको थियो । तर, अब भने विद्यार्थीलाई अनलाइनबाटै प्राप्त हुनेछ । र, विद्यार्थी आफैले प्रिन्ट गर्न सक्नेछन् ।

प्रमाणपत्र विद्यार्थीले आवेदन दिएको ३ देखि ७ दिनभित्र प्राप्त गर्नेछन् । शाखा निर्देशक विष्णु ज्ञवालीका अनुसार विद्यार्थीको चाप अनुसार ढिलो चाँडो हुन्छ । आवेदन दिनेको संख्या थोरै भए ३ दिन वा त्योभन्दा पनि चाँडो हुन्छ भने बढी भए हप्ता दिनसम्म लाग्न सक्छ । 

 

ताजा

सबै

करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

५ चैत्र, काठमाडौं । करिब २५ करोड नगदसहित काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरे…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा

४ चैत्र, काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दैछ । …

राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)

३ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गर्नुभ…

लोकप्रिय

सबै

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३ चैत्र, काठमाडौं । शनिवार काठमाडौंको टोखामा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको…

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिनेः पुरातत्व विभाग

३ चैत्र, काठमाडौं । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्…

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

३ चैत्र, काठमाडौं । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा धम्म यात्रा शन…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यो पनि

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

२३ फागुन,सुर्खेत ।प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको …

काठमाडौँ महानगरपालिकाले भोलि र पर्सि शैक्षिक मेला आयोजना गर्ने

काठमाडौँ महानगरपालिकाले भोलि र पर्सि शैक्षिक मेला आयोजना गर्ने

१५ फागुन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित…

पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ विद्यार्थी दीक्षित

८ फागुन, काठमाडौं । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्…

कक्षा ११ र १२को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

कक्षा ११ र १२को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

८ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ …