SamwadKhabar logo

               

शिक्षा

काठमाडौँ महानगरभित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

Pramila Bhujel

Pramila Bhujel

काठमाडौँ महानगरभित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

जेठ २४, काठमाडौं ।  काठमाडौँ महानगरभित्रका विभिन्न विद्यालयमा  अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक सत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् । 

महानगरपालिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेस गरेका छन् ।  

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०,काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ। व्यवस्था कार्यान्वयन गराउन पटक पटक महानगरले अनुरोध गर्दा ४७३ संस्थागत विद्यालयका १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ । 

यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखीकरण गरिने चेतावनी महानगरले लिएको छ ।

 

ताजा

सबै

दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एक दिवसीय योग विज्ञान शिविर सम्पन्न

५ असार, काठमाडौं । दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय…

न्युरोड ‘सवारी निषेधित क्षेत्र’ विरोधमा स्थानीयको प्रदर्शन

५ असार, काठमाडौं । काठमाडौँ महानगरको न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने निर्णय…

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

५ असार, काठमाडौं । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाम प्रहरी…

संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्…

लोकप्रिय

सबै

सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

असार २, काठमाडौं । सहकारी घोटालाका आरोपी गोकर्णेश्वर नगरपालिका ७ बाट पक्राउ परेका …

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको खतरा बोलको गीत सार्वजनिक भएको छ । खतरा हो…

यो पनि

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

काठमाडौँ महानगरभित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौँ महानगरभित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

जेठ २४, काठमाडौं । काठमाडौँ महानगरभित्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने १लाख ४९ हज…

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय एक हप्ता बन्द

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय एक हप्ता बन्द

जेठ १७, काठमाडौं । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्याल…

माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

जेठ १७, काठमाडौं । माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने…