SamwadKhabar logo

               

अर्थ व्यवसाय

सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

संवाद खबर

संवाद खबर

सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

असार २, काठमाडौं । सहकारी घोटालाका आरोपी गोकर्णेश्वर नगरपालिका ७ बाट पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष तेजविक्रम थापा र व्यवस्थापक सजना राजकर्णिकार पक्राउ परेका हुन्। 

तनहुँ घर भएका ४३ वर्षीय तेजविक्रम र सजना श्रीमान् श्रीमती हुन् । तेजविक्रम थापा २०६० सालदेखि अहिलेसम्म सो सहकारीको अध्यक्ष हुन् ।  

उनीहरूलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ बाट पक्राउ परेका हुन् । उनीहरू त्यहाँ फ्ल्याट लिएर बसेको अवस्थामा फेला परेका हुन् । दुई महिनादेखि उनीहरू गोकर्णेश्वरमा लुकेर बसेका थिए ।  

कृषि विकास सहकारीको रकम अपचलन गरेको आरोपमा उनीहरूसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर घर भएका ५३ वर्षीय भीमसेन महर्जन, काठमाडौँ महानगरपालिका–६ चाबहिल घर भएका ४७ वर्षीय सञ्जय सापकोटा र तेजविक्रम दम्पती छन् । महर्जन र सापकोटा सहकारीको सदस्य हुन् ।

२०५८ मा मार्केटिङमा जागिर खान सहकारीमा प्रवेश गरेकी सजना र तेजविक्रम सहितको समूहले ९४ करोड २३ लाख रुपैयाँ रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर ललितपुरमा ५ सय ६६ जना बचतकर्ताले जाहेरी दिएका छन् ।

प्रहरीका अनुसार सहकारी सञ्चालकबाट पीडित बचतकर्ता २ हजार ५३१ जना छन् । सहकारीमा २ अर्ब ८० करोड जम्मा निक्षेप देखिएको छ । २०५६ मा सहकारीको लेखा प्रमुख भएर प्रवेश गरेका तेजविक्रम थापा २०६० देखि निरन्तर कार्यकारी अध्यक्ष छन् ।

२०६० मा उनी लोकन्थलीस्थित समिट अस्पतालको अध्यक्ष बनेका थिए । २०७० देखी उनी अन्नपूर्ण किसान फिड र फर्टिलाइजेशन उद्योगको अध्यक्ष भएका थापा २०७१ मा कृषि टेलिभिजनको संस्थापक अध्यक्ष भएका थिए ।

२०७३ मा उनी गोरखा टेलिभिजनको पनि अध्यक्ष भए । यति हर्बस्, यति टेक्निक प्रालि नामका कम्पनी स्थापना गरेर थापा संस्थापक अध्यक्ष भएका थिए ।

पछिल्लो समय थापा आफूलाई राज ठकुरीको नाममा चिनाउँदै आएका थिए । उनको साथबाट राज ठकुरीको नामको गोरखा टिभीको परिचयपत्र बरामद गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

३ वटा बैंकिङ्ग कसुर मुद्दामा उनी फरार सूचीमा थिए । सदस्य सञ्जय सापकोटा २०७९ मा र भीमसेन महर्जन २०७१ मा सो सहकारीको सञ्चालक समितिमा प्रवेश गरेका हुन् । 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…