SamwadKhabar logo

खेलकूद

युरो कप २०२४ः नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

प्रमिला भुजेल

प्रमिला भुजेल

युरो कप २०२४ः नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

२७ असार, काठमाडौं । नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड यूएफा युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गए राति सम्पन्न  भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ को अन्तरले हराएर इंग्ल्यान्ड फाइलनमा प्रवेश गरेको हो । 

फाइलनमा पुग्न इंल्यान्डले १–० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्‍यो ।

अघिल्लो सिजन फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित इंग्ल्यान्ड लगातार दोस्रो पटक फाइनल सम्म पुगेको हो । अब इंग्ल्यान्डले उपाधिको लागि स्पेनसँग खेल्नेछ । सिंगल इडुना पार्कमा ६० हजार दर्शकबीच इंल्यान्डलाई फाइनल सम्म पुर्‍याउन ह्यारी केन र ओली वाटकिङ्सले गोल गरे । जाभी सिमोन्सले नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए पनि डच टोलीले त्यसलाई जोगाउन सकेन ।

सातौं मिनेटमै सिमोन्सले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । सिमोन्सको प्रहार इंग्लिस गोलकिपर जोर्डन पिकफोर्डले रोक्ने कुनै अवसर नै पाएनन् । १७ औं मिनेटमा इंग्ल्यान्डले बराबरी गोल फर्कायो । नेदरल्यान्ड्सका डिफेन्डर डेन्जल डुम्फ्रिजले बक्सभित्र फाउल गरेपछि इंल्यान्डका ह्यारी केनले पेनाल्टीमा गोल गरेका हुन् ।

खेलको ३२ औं मिनेटमा फिल फोडेनको प्रहार बारमा लाग्दै बाहिरियो । नियमित समयको अन्तिम मिनेटमा ओली वाटकिङ्सले गोल गर्दै इंग्ल्यान्डलाई फाइनलसम्म पुर्‍याए । वाटकिङ्सले कोल पाल्मरले मिलाएको पासमा निर्णायक गोल गरेका थिए । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले टर्कीलाई २–१ तथा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । 

अब इंग्ल्यान्डले आइतवार बर्लिनमा हुने युरो–२०२४ को फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने छ। स्पेन फ्रान्सलाई हराएर फाइनल प्रवेश गरेको थियो।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …

ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

८ असोज, काठमाडौं । चीनमा भएको २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक ज…

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

७ असोज, काठमाडौं । भुटानमा भइरहेको साफ यु१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग…