SamwadKhabar logo

खेलकूद

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

संवाद खबर

संवाद खबर

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु–२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ ।
नेपाली टोली आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक चाइनिज ताइपेइलाई ३–१ अन्तरले हराएको थियो । तेस्रो खेलमा उज्वेकिस्तानले नेपाललाई ६–० गोलको अन्तरले पराजित गरेको थियो । यसरी समूह बी मा नेपालले तीन खेल खेल्दा १ खेल जितेको थियो भने २ खेलमा पराजित भएको थियो । 

पाँच टोली सहभागी समूह बी मा नेपाल ३ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु–२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ । यस समूहमा उज्वेकिस्तान दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ३ खेलबाट २ जित र एक हारको नतिजाबाट ६ अंक नै जोडेको कम्बोडिया दोस्रो स्थानमा छ । दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको बहराइनको तीन अंक छ र नेपाल भन्दा अघि तेस्रो स्थानमा छ ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …

ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

८ असोज, काठमाडौं । चीनमा भएको २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक ज…

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

७ असोज, काठमाडौं । भुटानमा भइरहेको साफ यु१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग…