SamwadKhabar logo

               

समाचार

स्वस्थ सहरका लागि साइकल जात्राको आयोजना हुँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

स्वस्थ सहरका लागि साइकल जात्राको आयोजना हुँदै

४ असार, काठमाडौं । सहरलाई स्वस्थ र स्मार्ट बनाउनका लागि साइकल जात्रा  ‘कोरा २०२४’ आयोजना हुने भएको छ । वातावरणविद् भुषण तुलाधारका अनुसार उपत्यकाको प्रदूषण अधिकांश सवारी सधानको प्रयोगले हुँदा साइकल संस्कृति प्रवद्र्धन गर्नसके प्रदूषण घट्ने र सहर स्वस्थ हुने उद्देश्यले साइकल जात्रा आयोजना गर्न लागिएको हो । 

करिब चार हजार साइकल यात्री सहभागी हुने  ‘कोरा २०२४’ को १४ औँ संस्करण हो । 

साउन ५ गते देशकै ठुलो साइकल जात्रा गर्न लागेको आयोजकले जनाएको छ । 

सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौँको कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट सुरु भएर काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनको नागबाहालमा अन्त हुने गर्छ । साइकल यात्रीहरूले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्न पाउनेछन् । 

हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरामा यो वर्षको काठमाडौँ कोरामा ललितपुर महानगरपालिका पनि सह–आयोजकको रूपमा सहभागी भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिकालगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ । 

आयोजनाको मूल उद्देश्य देशभरि नै साइकलिस्ट समुदायहरू विकास गरी साइकल संस्कृतिको प्रवर्धन गर्नु रहेको छ । 
 

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

पशुपतिमा तिजको दिन बिहान  ३ बजेबाट चारैवटा ढोका खुला गरिने

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

२० भाद्र, काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अन…