SamwadKhabar logo

खेलकूद

महिला एसिया कप : यूएईलाई हराउँदै पाकिस्तान सेमिफाइनल

प्रमिला भुजेल

प्रमिला भुजेल

महिला एसिया कप : यूएईलाई हराउँदै पाकिस्तान सेमिफाइनल

८ साउन, काठमाडौं ।  श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता –२०२४’ को  खेलमा पाकिस्तानले आज यूएईलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । आज मंगलवार भएको खेलमा १० विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भएको हो । 

श्रीलंकास्थित, रङ्गिरी डम्बुल्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूइर्एले दिएको १०४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले १४.१ ओभरमा कुनै पनि विकेट नगुमाउँदै १०७ रन बनाउँदै जित हात पारेको हो ।

पास्कितानका लागि ओपनरद्वय गुल फिरोजा र मुनिबा अलिको जोडीले शतकीय साझेदारी गर्दै पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरको जित दिलाए ।

पाकिस्तानको लागि फिरोजाले ५५ बलमा ८ चौकासहित ६२ रनमा अविजित रहिन् । मुनिबाले उनलाई राम्रो साथ दिँदै ३० बलमा ४ चौकासहित ३० रनमा अविजित रहिन् ।

यूएईका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन मात्र बनायो ।

यूएईका लागि ओपनर तीर्थ सतिशले सर्वाधिक ४० रनको पारी खेलिन्। उनले ३६बलमा ५ चौका प्रहार गरेकी हुन् । अर्की ओपनर इशा ओझाले २६ बलमा २ चौका सहित १६ रन जोड्दै क्याच आउट भइन् । खुसी शर्माले १२ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानको लागि शदिया इक्वाल, नश्रा सान्दु र तुबा हसनले समान २/२ विकेट लिए । निदा दरले १ विकेट लिइन् ।

पाकिस्तानले यूएईलाई हराएपछि नेपालले भारतलाई फराकिलो अन्तरले हराएमा मात्रै नेपालले सेमिफाइनल खेल्ने सम्भावना गणितीय रुपमा मात्र बाँकी रहन्छ ।

पाकिस्तानले पहिलो खेल भारतसाग ७ विकेटले हारेको थियो । दोस्रो खेलमा पाकिस्तानले नेपाललाई ९ विकेटले हराएको थियो ।

यूएई भने पहिलो खेलमा नेपालसँग ६ विकेट, भारतसँग ७८ रनले पराजित भएको थियो । समूह ए को अन्तिम खेल नेपाल र भारतबीचको खेल मंगलबार साँझ ७ :१५ मा सुरु हुनेछ ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …

ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

८ असोज, काठमाडौं । चीनमा भएको २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक ज…

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

७ असोज, काठमाडौं । भुटानमा भइरहेको साफ यु१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग…